Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

देशका प्रधानमन्त्रीलाई मेरो खुला प्रश्न

१२ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

देशका प्रधानमन्त्रीलाई मेरो खुला प्रश्न

प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज - - - - 
– प्रधानमन्त्रीलाई मेरो खुलाप्रश्न छ– तपाईं प्रधानमन्त्री भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साँध सिमाना कहाँदेखि कहाँसम्म छ र नेपालको कूल क्षेत्रफल कति हो ?
– राजाका नाममा राजनीति गर्नेलाई राजाको समर्थन छ कि छैन ?
– राजाद्वारा विज्ञप्ति जारी गर्दा पनि यही ब्यवस्थामा सुधारको अपेक्षा गरेको देखिन्छ । राजाले कहिले पनि यो ब्यवस्थाविरूद्ध जनआह्वान गरेको सार्वजनिक भएको छैन । फेरि राजाविरूद्ध प्रधानमन्त्री र कांगेस, एमालेका बरिष्ठ नेताहरूले विष बमन गर्नुको कारण के हो ? अझै जनतालाई भ्रम छर्न र अलोकतान्त्रिक र असैद्धान्तिक चरित्र लुकाउनलाई हो ?
आम चासोको विषय छ– पूर्वराजाको जुन प्रकारले विरोध भइरहेको छ, कतै आफूविरूद्ध उर्लिएको जनताको आक्रोश मत्थर पार्न राजाको नाम दुरूपयोग गरिएको त होइन ?
दुर्गा प्रसाईंबाट तर्सिएर सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धि ऐनलाई संशोधन गर्ने, शान्ति प्रक्रियाको काम छिटो टुङ्गो लगाउनेमा एमालेले सहमति दिएको छ । टीआरसी कानुन निर्माणमा द्वन्द्वपीडितको आवाजलाई नसमेटिनुको कारण के हो ?
एमाले अध्यक्षलाई प्रधानमन्त्रीले दुर्गा प्रसाईंबाट बचाउने अनि यो गुणको बदलामा गुण लगाउन एमालेले प्रचण्ड सरकारलाई सघाउने सहमति भएको भनिदैछ । यथार्थ के होला ?
जनता स्थापित पार्टी र नेतृत्वको जनविरोधी र देशविरोधी कृयाकलापका विरूद्ध सडक विद्रोहमा आउन थालेका छन् । यो अहिलेको अवस्था नियन्त्रण बाहिर गयो भने नेपाली सेनालाई शक्ति केन्द्रले अगाडि बढाउन सक्छ । यो विषयमा सत्ता, सत्ताका समर्थक, प्रतिपक्ष र तिनका पृष्ठपोषकहरू अनभिज्ञ छैनन् । विश्लेषकहरू भन्छन्– त्यसैको लागि अभ्यास भइरहेछ । सत्ताको जनता भड्काउने काम किन ? हेक्का रहोस् सडकमा उत्रिएका जनतालाई लाठीले पिट्नु लोकतन्त्र विरोधी कार्य हो ।