Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

पशुपतिनाथ र राजतन्त्रको सनसनी सर्बत्र

११ सोमबार , मंसिर २०८०८ महिना अगाडि

पशुपतिनाथ र राजतन्त्रको
सनसनी सर्बत्र

काठमाडौँ । बद्रीनाथ, द्वारका, जगन्नाथ पुरी र रामेश्वरम्–चारधाम भारतमा छन्, ती चारधामको दर्शनपछि पाँचौ धामका रूपमा पशुपतिनाथको दर्शन गरेपछि धार्मिक यात्रा पूरा हुने विश्वास हिन्दुधर्मावलम्बीहरूमा रहेको छ । यहीकारण भारतले पशुपति क्षेत्र विकास कोषको अनुमति लिएरै विपिन रावतको उत्तराखण्डस्थित सैंण गाउँमा पशुपतिनाथको मन्दिर बनाउन थालेको हो । शालिग्रामबाट बनाइएको शिवलिङ्ग, नन्दी महाराज, भोलेनाथका डमरू, त्रिशूलसमेत पशुपतिनाथ क्षेत्र विकास समितिका तर्फबाट उपहार दिइएको समाचार छ ।
भारतमा बनेको पशुपतिनाथ र नेपालको पशुपतिनाथमा कुनै भिन्नता छैन भन्ने भावना भारतभरि फैलाइने र नेपालमा हुने भारतीयको धार्मिक यात्रा कम गर्ने योजना भारतको हुनसक्छ । जसरी लुम्बिनीपारी नक्कली लुम्बिनी बनाइयो, भारतको संसद भवनमा लुम्बिनीक्षेत्रलाई भारतका अन्तर्गत राखियो र नेपालका सीमा अतिक्रमण नरोक्नेमात्र होइन, कालापानी, लिपुलेक, लिम्पियाधुरालाई भारतको नक्सामा हालियो, यसबाट थाहा हुन्छ कि भारत निरन्तर नेपालमाथि चौतर्फी अतिक्रमण गरिरहेको र बढाउँदै लगेको देखिन्छ ।
पशुपतिनाथ विश्वभरि जता पनि बनाइएका छन् । त्यो आस्थाको कुरा हो, बनाउन सकिन्छ । तर पशुपति क्षेत्र विकास कोषकै सहमतिमा र विशेष निर्माण सामग्री र गर्भगृहबाट समेत सामग्री लगेर जसरी भारतमा  पशुपतिनाथको मन्दिर बनाइदैछ, यसका लागि भारतको रक्षा मन्त्रालयका प्रतिनिधि नेपाल आएर प्रधानमन्त्रीलाई भेट्नु, सहमति लिनु र प्रम नरेन्द्र मोदीले समेत चाख दिएर केन्द्र सरकारको बजेट छुट्याइनुले भारतका लागि उचित होला, नेपालका लागि ठूलो षडयन्त्रको आभाष हुनसक्छ । यसकारण यसबारे समाचार छापिएका थिए । भारतभरि यो समाचारको हल्लीखल्ली जारी नै छ ।
भारतमा प्रचार भए अनुसार यो मन्दिरका लागि भारतका मन्त्री, विधायक, सांसद, समाजसेवी र अन्य नेतागणको साथै बागेश्वर धामका पंडित धीरेंद्र शास्त्रीको विशेष अगुवाई रहेको छ । भारतमै पाँचौंधाम पशुपतिनाथ बन्ने भयो भन्ने व्यापक प्रचार पनि भइरहेछ ।
यसरी समाचार आएपछि पशुपति क्षेत्र विकास कोषले खण्डन वक्तव्य निकालेको छ । समाचारप्रति आपत्ति प्रकट गरेको छ । अनुमति दिएको विषयलाई झूठो भनेको छ । धार्मिक आस्थामा चोट नपु¥याउन आग्रह गरेको छ । प्रतिमूर्ति लैजाँदैमा पशुपतिनाथ सर्दैन भनेको छ । कोषका अनुसार क्यानडा, अष्ट्रेलिया, पाकिस्तान र अमेरिका लगायतमा पनि पशुपतिबाट लगेको प्रतिमूर्ति बनेको छ । मन्दिर बनने ठाउँमा शिवलिङ्ग, माटो कोषले दिने गरेको छ । पशुपति नै बनाउन अनुमति दिने नदिने केही पनि कुरा नभएको कोषले जनाएको छ ।...पशुपतिको प्रतिमूर्ति बनाउने हो भने हामी बनाइसकेपछि समन्वय र सहकार्य गर्छौं भनेको हो ।  उनीहरूले मन्दिर बनाए भने हामीले पाँचवटा शिवलिङ्ग र शालिग्राम दिने भन्ने कुरा मात्र हो । मन्दिर बनाउने सम्बन्धमा प्रचारप्रसार गर्ने, मिडियाबाजी गर्ने, हलुका समाचार दिने उनीहरूकै कुरा हो ।
सूचनाअनुसार यस विषयमा दूतावासमार्फत पत्र आएको थियो । निवृत्ति यादव आएको कुरा कोषले स्वीकार गरेको छ । यादवले प्रम प्रचण्डसँग पनि भेट गरेको समाचार आइसकेको छ । प्रमले शुभकामना दिएका थिए त्यतिबेला । फोटो खिच्नसमेत नपाइने पशुपतिनाथका विषयमा समेत कोषले कारवाही गर्न सकेन ।
कोषको दावी मान्ने हो भने पशुपतिनाथ पशुपति क्षेत्रमै रहनेछन् । तर भारतीयहरू किन प्रचार गरिरहेको छ, कम्युनिष्ट सरकारले के गर्न खोजेको हो, यसबारेमा आगामी दिनमा बढी प्रष्ट होला । हुन पनि कम्युनिष्ट चरित्र बुझिसाध्ये छैन । धर्म मान्दैनन्, मर्दा पर्दा पशुपति जान्छन् ।
०६५ मा प्रम बन्दा माओवादी अध्यक्ष प्रचण्डले पुजारी फेर्ने कसरत गरेका थिए । त्यसपछि केपी ओली प्रम भएका बेलामा जलहरि काण्ड घट्यो । अहिले पशुपतिनाथको विषय उठेको छ । पशुपतिनाथको महिमा मण्डन पार्ने साजिस नभए राम्रो, भए सचेत हुन जरूरी छ । राष्ट्रको गरिमा कुनै शर्तमा घट्नु हुँदैन ।