Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

बिरालोलाई दुधको साक्षी राखेर ढुक्क हुनेहरु : स्वयम्भूनाथ कार्की-

२८ सोमबार , मंसिर २०७२१० बर्ष अगाडि

राष्ट्र एकिकरण गर्ने पात्रलाई 'युद्ध अपराधी' भन्नेहरुलाई फुलमालाले स्वागत गर्ने जनता नेपाल बाहेक अन्त कतै पाईन्नन्। नेपाल नै त्यस्तो मुलुक हो जो निर्माण गर्न गोर्खा राज्यले आफुलाई विलय गराउने युद्ध लड्यो। मध्ययुगको विजेताले पराजितको परंपरा संस्कृति आदि मास्ने काम गरेन। त्यसवेलाको प्रचलन अनुसार मुलुकलाई भाईअंश लगाएन। मुलुक राजाको निजी सम्पत्ती मानिने परंपरा तोडेर भन्यो यो मेरो मात्र मुलुक हैन यहाका सबैको हो। उपमाको रुपमा सबैको हो भनेर जनाउने परेको चारजात छत्तीस वर्णलाई दालचीनीको दाल र चीनी वा पेटीकोटको पेटी र कोट खोजेजस्तै खोज्नेहरुलाई नेपाली प्रकाण्ड विद्वानको स्थानमा राख्छन।

जुन भावनात्मक एकताले आजसम्म धेरैले आफुलाई नेपालसंग जोडेका छन त्यो नै भएन भन्ने जस्ता कुतर्कमा महान अग्रगामी छलाङ्ग देख्ने नेपालीले त्यसको सजाय त भोग्नै पर्छ। यस्ता बिरालाहरुलाई दुध सरहको मुलुकको साूछी राखेर ढुक्क हुनेले भुक्तमान नभोगे अरु कसले भोग्छ त? राजा भन्नेलाई ठाडो कारवाही गर्न निमेषभर पनि लाग्दैन तर एम्बुलेन्सबाट थुतेर विमारीको प्राणहरण गरेको अपराध मैले गरेको हो भनेर छाती ठोकेर भन्नेलाई भोज सहितको वार्तामा आमन्त्रण गर्छ। यस्तालाई अग्रगामी र जनताको भलो हुनु पर्छ, सबै जनता बरावरका हुन भन्नेलाई प्रतिगामी भन्नेको आरती उतार्ने जनताले नपाएको दुख अरु कसले पाउने।

सयभन्दा धेरै बर्षसम्म आलंारिक, शिशु, संवैधानिक सबैका परिभाषामा अटाउने भएर रहेको राजसंस्थालाई अझै पनि सबै नराम्रा कुराको अपजस बोकाउने गरिएको छ। कहाूसम्म भने जनताको आदेश भनेर श्रीपेच र राजदण्ड बुझाएर बसेका राजालाई पनि अपजस लगाउन छोडिएको छैन। जनताको यो हविगत हुँदा, मुलुकको यो दुर्दशा हुँदा पनि आनन्दसंग कसरी बस्न सकेको होला भनेर भनिदैछ। त्यस्ताहरुले उत्तर दिनै पर्ने केही प्रश्नहरु छन। हिजो जनताको इच्छा रहेछ भनेर श्रीपेच र राजदण्ड बुझाउँदा हैन यो हाम्रो भनाई हैन नभनेर बसेको हैन? बाढी पिडितलाई सहायता गर्न जाूदा धमिलो पानीमा माछा मारेको भनेर रोक्नेहरुलाई जनताले कुनै प्रश्न गरे? बिरालोलाई दुध कुर्न दिएर ढुक्क पर्नेहरुलाई दुधको रक्षा भएन भनेर गुनासो गर्ने अधिकार छैन।

२७ सालमा नाकावन्दी लगाउँदा त्यसको मौन समर्थन गर्नेहरु पनि थिए। ४५ सालमा नाकावन्दी लगाएर दुरदर्शनवाट यो नेपालीको भलोको निमित्त गरेको हो भन्ने राजीव गान्धीको र नाकावन्दीको भनाईको प्रशंसा गर्नेहरु पनि थिए। 'राष्ट्रवाद' शव्द अपच भएको कुरा त हिजोसम्म पनि गर्दै थिए। पहिलाका यी दुवै नाकावन्दीले पनि नेपाललाई अन्याय गरेको थियो अहिले पनि अन्याय नै गरेको छ। तर तीनै हिजो 'राष्ट्रवाद' सुन्न पनि नचहानेहरु आज आफ्नो सन्तानले नेपाल नराम्रो भनेकोले  त्यसको गाला चड्काएकोलाई प्रमाणपत्रको रुपमा पेश गर्दै राष्ट्रवादी हुने होड गर्दैछन। हिजोसम्म आफुले विधाता सरह मानेको भारतलाई अन्यायी देख्दैछन।जनताले चाहेमा जे पनि गर्न तैयार छु भन्ने राजालाई 'आउ मुलुक सम्हाल' भन्न नसक्ने तर स्वामर्थ्यको निमित्त आज जनतालाई दुख दिनेहरुलाई भोली अंगालो हाल्न तैयार हुनेहरुलाई नै मुलुको चावी सुम्पने कुरा उचित हैन। चाहेर वा नचाहेर, अज्ञानताले वा जानाजान भारतको व्यवहार नेपाललाई दवाउने नै रहेको छ।

आज समाजवादी झुकाउ भएकाहरु भारतको केन्द्रिय सत्ताबाट बाहिरिएका छन्, पुँजीवादी झुकाउ भएकाहरु केन्द्रिय सत्तामा छन। पहिलोले हप्काएर तहलगाउन खोजेको थियो, दोश्रोले पहिले त फकाएर तह लगाउन खोज्यो अहिले हप्काउँदैछ। अनकन्टारर एक्लोस्थितिबाट मुलुकलाई विश्व मञ्चमा स्थापित गराउने सञ्चालक पाखा लगाईएको छ। दुधको साछीबाट विरालो कि त हट्नु पर्छ कि हटाईनु पर्दछ। बिरालो आफै हट्नेवाला छैन, दुधका मालिकहरु कोेही स्वतस्फुर्त आएर दुधको रक्षा गरिदेला भन्ने कहिल्यै पुरा नहुने आशा लगाएर बसेका छन। दुशासनले चीरहरण गर्दा पनि द्रौपदीले नबोलाउँदासम्म कृष्ण आएका थिएनन्। हिजो प्रत्यक्ष वा परोक्षरुपले मुलुक हामी नै चलाउँछौ तिमी कुना बस भनेको आज नबोलाई आउन्न। 'जनताको नासो जनतालाई ' बुझाएपछि चाहिए जनताले फेरी जिम्मेवारी दिनुपर्छ। राष्ट्रवादको नाममा हिजोसम्म आफुले चाकरी गरेका भारतीय नेताहरुलाई फेरी सत्तामा पुर्‍याउन नेपालीको यो हविगत गर्नेहरुलाई फुलमाला गर्दैमा भलो हुन्छ भन्ने लागेको भए कुरा वेग्लै हो।

भारतिय दलहरुको आन्तरिक सत्ता संघर्षमा नेपालीलाई हतियार बनाउने कुरालाई राष्ट्रवाद मान्नु भन्दा ठूलो भ्रान्ति अरु हुनै सक्दैन। भारतको विरोध गरेर राष्ट्रवादीको पगरी गुथ्नेहरुले भारतको हैन त्यहाँको सत्तामा भएका हिजोका आफ्ना मालिकहरुको  विरोधीको विरोध गरेको हो। राष्ट्रवादले कुनै मुलुकको विरोध वा समर्थन गर्दैन मात्र आफ्नो मुलुकलाई माया गर्छ, पक्ष लिन्छ। यो कुरा भ्रान्तिवादीहरुले बुझेका रहेनछन् र राष्ट्रवादको व्यापारले आफ्नो दुनो सोझ्याउन खोज्दैछन्। यिनीहरुले सक्दैननन्, फिर्ता गर्दैनन्, फेरी राजालाई बोलाउनै पर्छ नवोलाई राजा आउन्नन्। पूर्वराजाले पनि देशको यो दुर्गतिको बारेमा केही सोचेकै होलान्।