Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

दुर्गा प्रसाईंको आन्दोलनमा कमल थापाको समर्थन

०८ शुक्रबार , मंसिर २०८०८ महिना अगाडि

दुर्गा प्रसाईंको आन्दोलनमा कमल थापाको समर्थन

दुर्गा प्रसाईं नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान'अन्तर्गत शुरु गरेको आन्दोलनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् । हिजो मङ्सिर ७ गतेदेखि काठमाडौँमा ‘व्यवस्था विरोधी’ आन्दोलन गरिरहेका प्रसाईं नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन् ।  

अध्यक्ष थापाले संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौँमा भएको प्रदर्शन एवं जनआवाजमा आफ्नो समर्थन रहेको भन्दै उक्त आन्दोलनलाई अवमूल्यन,उपेक्षा र दमन नगर्न सरकारसँग आग्रह गरेका छन् ।  

अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको सम्मान गर्दै जनताको आवाज र भावनाको सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गरेका छन् ।

उनले बिहीबार काठमाडौँको बल्खुमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनका कारण केही प्रदर्शनकारी घाइते भएकोमा दुःख लागेको र उनिहरुको शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् । राजसंस्था र हिन्दुराष्ट्र चाहनेहरु हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिन आगामी आन्दोलनले सर्वसाधारण जनतालाई कठिनाई नहुने र बिद्यार्थीहरुको पढाईलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकलाई अनुरोध गरेका बताईएको छ ।