Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता शान्ति प्रक्रिया चाँडै टुंग्याउन सहमति

०६ बुधबार , मंसिर २०८०३ बर्ष अगाडि

प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता शान्ति प्रक्रिया चाँडै टुंग्याउन सहमति

शान्ति प्रक्रियाका बिषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएका छन् । शीर्ष नेताबीचको भेटवार्तामा शान्ति प्रक्रियाका बाँकी काम चाँडै टुंग्याउन सहमति जुटेको छ ।

विस्तृत शान्ति सम्झौताको समिक्षा गर्न प्रधानमन्त्री प्रचण्डले बोलाएको तीनदलीय शीर्ष बैठकका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार साँझ बालुवाटार पुगेको बताईएको छ ।

तीनदलीय शीर्ष बैठकको छलफलमा विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको र त्यसको  प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउदै शान्ति प्रक्रियाका बाँकि काम चाँडै टुंग्याउन सहमति जुटेको बताईएको छ । आपसी सहमतिमा नै शान्ति प्रक्रिया टुंग्याउन तयार छौं भन्ने सन्देश दिन मंगलबार उक्त भेटवार्ता भएको हो ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको दिनको सन्दर्भमा शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूको भेटवार्ता र महत्वपूर्ण छलफलमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरामा तीनवटै नेताले एकतावद्ध हुदै प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौताको अनुभव साटासाट गर्ने र यसपछाडिका काम तय गर्न बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।