Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव लिईने

०५ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव लिईने

अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रसँग सुझाव लिने भएको छ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रसँग सल्लाह,सुझाब लिईने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन अर्थसहित विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग हिजो सोमबार छलफल गरेका थिए ।

अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निजी क्षेत्रसँग पनि छलफल गरिने बताईएको छ । देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको थियो ।

सरकारले आन्तरिक संरचनामा के-कस्तो उपलब्धि भयो, अहिलेको समस्या र चुनौती तथा आगामी कार्यदिशा बारे कसरि अगाडि बढ्न सकिन्छ  भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिन लागिएको पनि अर्थमन्त्री डा. महतले जानकारी दिएका छन् । साथै, अर्थतन्त्र क्रमशः सुधारोन्मुख रहेको उनको भनाइ छ ।

अहिले मुलुकको अर्थतन्त्रले लय पक्रन सुरु गरेको र विप्रेषण, पर्यटक आगामन र शोधान्तरको स्थितिले देशको अवस्थामा सुधार आएको बताउदै कारोबार कम भएको, उत्पादन कम र लगानीमा वृद्धि नाभईरहेको बिसयमा समिक्षा भएको पनि अर्थमन्त्री डा. महतले जानकारी दिए ।

उनले जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पूँजीगत खर्च पनि बढेको साथै साधारण खर्चमा मितव्ययी भएकाले लक्ष्यअनुसार उपलब्धि हासिल गरिरहेका गरिरहेको बताए ।