Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

मंसिर ७ को खलबल

शाश्वत शर्मा

०५ मंगलबार , मंसिर २०८०८ महिना अगाडि

मंसिर ७ को खलबल

सबैतिर चासो र उत्सुकता पर्सी मंसिर ७ को छ । अर्काथरिलाई मंसिर ९ गतेको झापामा पूर्वराजाले गर्ने भनिएको बडामहाराजाधिराजको सालिकको अनावरण कार्यक्रमको पनि व्यापक चासो देखिन्छ । दशैं, तिहार, छठपछि मुलुक आन्दोलन, विद्रोहमय देखिएको छ । अर्कोतिर नेकपा एमालेको भातृसंगठन युवासंघले सरकार विरूद्ध महगी, भ्रष्टाचार, कुशासनको बिरोध गर्दै मंसिर ७ गते ठूलै विरोधसभा गर्ने भएको छ । यता दुर्गा प्रसाईको राष्ट्र, नागरिक बचाउ अभियान, उता एमालेको विरोधसभामा भिडन्त हुने हो कि भन्ने भय पनि बढेको छ । खास गरेर एमालेका महेश बस्नेत र दुर्गा प्रसाईवीचको गालीगलौज, कुटपीटसम्मको प्रतिस्पर्धा हिंसात्मक हुँदै गएको छ । यहाँसम्म कि निशेधात्मक कफ्र्यू लगाउन सरकार अग्रसर भएका कुरा पनि आएका छन् ।
दुर्गा प्रसाईको नेतृत्वको आन्दोलनमा जिल्ला जिल्लाबाट काठमाडौं जनताहरू ओइरिन थालेका छन् । यो देख्दा स्थिति तनावपूर्ण देखिन्छ ।  दुर्गा प्रसाईको आन्दोलनमा आउनेलाई बाटो खर्च, खाना, बस्नका लागि व्यापक चन्दा ओइरिन थालेको छ । यो सबैदेख्दा लाग्छ, जनता वाक्क भइसकेछन् यी नेता र यिनको भ्रष्टाचारी नेतृत्व र चरित्रहीनताबाट । स्वयं प्रम प्रचण्डले प्रतिगामी तत्व सलबलाएको विषय उठाएर सबै सुरक्षा निकायसम्म छलफल गरेको सार्वजनिक प्रचारसमेत गरेका छन् । यसबाट थाहा हुन्छ, संविधानमात्र होइन, शासकहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । यसैले जनसमर्थन देखाउने प्रतिस्पर्धासमेत हुने लक्ष्यणहरू देखिन्छन् । गणतन्त्र नेतृत्वपंक्तिको गैह्रजिम्मेवारीपनले कसरी हल्लियो, स्पष्ट देख्नर अनुभव गर्न थालिएको छ । सत्ताधारीमात्र हौइन, संसदमा एकसिट नभएका डा.बाबुराम भट्टराईले समेत यो दुर्गा प्रसाईको आन्दोलनलाई तुहाउनुपर्छ, कुल्चिनुपर्छ भनेर अभिव्यक्ति दिइरहेका छन् । सत्ताधारी र तिनका समर्थक कसरी अलोकतान्त्रिक हुँदै गएको छ भन्ने अनुमान गर्न सकिन्छ ।
प्रसाईले उठाएका मुद्दामा जनसमर्थन बढ्दो क्रममा छ । लघुवित्त, सहकारी अनि बैंकले सर्वसाधारणलाई दिएको ऋण मिनाह गर्नुपर्छ, सत्ताधारी र विपक्षीहरूले मिलेर गरेको लुट, देशघातविरोधी प्रसाईको आवाजमा जनआकर्षण बढेको छ । जनआवाजका मुद्दा उठाएकाले नै हो प्रसाई आन्दोलनलाई बिद्रोहमा बदल्न जिल्ला जिल्लाबाट जनता राजधानी आइरहेका छन्, स्वतःस्फूर्त आर्थिक सहयोग गरिरहेका छन् । विदेशबाट समेत विदा लिएर नागरिकहरू नेपाल आउन थालेका छन् । सुन्दा र बुझ्दा यो आन्दोलन अर्को जनआन्दोलनको रूप लिन थालेकोजस्तो छ । तथापि प्रश्न उठ्छ– यो आन्दोलन सफल होला त ? दुर्गा प्रसाईको बिगतको अस्थिर मनस्थितिका कारण पनि संशय उठेका हुन् । प्रसाईकै समर्थनमा उठ्नुपर्नेराप्रपा पनि हच्किएको भान भइरहेछ । यसैकारण पनि आन्दोलनको गति र नतिजा यसै हुन्छ भन्न सकिन्न । आन्दोलन होला, आन्दोलनपछि हुने के के हो ? यसको खुलासा भइसकेको छैन । खासगरी १२ बुँदे दिल्ली सम्झौतावालाहरू एकजूट भएकाले पनि आन्दोलनको सफलतामा आशंका भएको हो ।
ठूला दल जनता जुट्न थालेको आन्दोलनको विपक्षमा छन, साना दलहरूले के गर्ने हुन् पत्ता खोलिसकेका छैनन् । अभियन्ताहरूले ७ गते देशमा अर्को बिद्रोह उठ्छ भनेकै भरमा आन्दोलन सफल हुन्छ भन्न सकिन्न । ०४६, ०६३ सालका आन्दोलनहरूमा सुरक्षा निकायले आन्दोलनकारीको पक्षमा साथ दिएको अवस्था थियो । यसपटक के हुन्छ भन्न सकिन्न । नागरिक असन्तुष्टि र देश धरापमा पर्दै गएको स्थितिप्रति सुरक्षा निकायको मनस्थिति बुझ्न सकिन्न । जनताको नमक खाएको सुरक्षा निकायले जनआवाजको पक्षमा उभिने कि भ्रष्ट सरकारर भ्रष्टाचारीको पक्षमा मौन बस्ने ? प्रश्न गम्भीर छ । सुरक्षा निकाय जनअसन्तुष्टिर आन्दोलनको पक्षमा उभिदिए भने यो व्यवस्थार यी नेताहरूले घुँडा टेक्ने निश्चित छ । राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन भइरहेको छ तर पूर्वराजा ९ गते झापातिर जाने कार्यक्रम छ । आमनेपाली सडकमा उत्रिएका बेलाराजा पनि उत्रिन पर्ने आवाज बलियो छ । तर पूर्वराजा जनताको निर्णय जनताले नै गरून् भन्ने मनस्थितिमा छन् । जनताले गर्ने निर्णयमा आफ्नो समर्थन रहने मौन समर्थन पूर्वराजाको छ । अर्थात अब जे गर्नुपर्छ, जनताले गरून् भनेर पूर्वराजा देशर जनताले पाएको पीडामा दुःख व्यक्त गरेर राजनीतिबाट अलगरहन चाहेको देखिन्छ । अवस्था के छ भने पूर्वराजा सडकमा उभिदिने हो भने यो भ्रष्टाचार मौलाएको व्यवस्था तत्काल ढल्नेछ । जनताले गर्ने आन्दोलन १८ वर्षदेखि नतिजाबिहीन भइरहेको छ, कारण जननेताले नेतृत्व नलिएकाले हो । भ्रष्टहरु रमाइरहेछन्, सत्य यही हो ।