सुरेश कुमार पाण्डें– - - - -
जे जस्तो जसले गरेपनि सुःख छैन ।देशभित्र भुकम्प आयो । त्यसैमाराजनीति,बाढी पहिरो गयो त्यसैमा राजनीति । कसैले सहयोग गर्यो किन गरे होला, सहयोग गरेन किन नगरेको होला । सहयोग उठाउने हरूले सहयोग उठाएर सम्बन्धित ठाउँमा नपुराउँनेर त्यो जनताले दिएको सहयोगलाई आ आफ्नो राजनीति क्यारियर पूर्ति गर्न चुनावी क्षेत्रमा पुराउने गरेको पनि देखिन्छ । २०७२ को भूकम्पमा जस्तापातामा समेतराजनीति भयो ।
आफ्नो घरमा बसेर आर्काको बिरोध गर्ने ,खेदो खन्ने बाहेकको अर्को उनीहरू सँग राजनीति मिसन छैन । भूकम्प आयो गयो प्रकृतीको आपदा हो । थुप्रैले ज्यूधन गुमाए । बाँचेकाहरू डरमा छन्, अभावमा छन् । रूवाबास छ । तर कतिपयले उनैको आँशुमा राजनीति गरेकाछन् । लाशको माथी राजनीति गरेका छन् ।
कसैले आर्कोलाई चोर चोर भन्दै चोर्न मौका खोज्छन् । यो राजनीतिक हमाममा सबै चरानाम नाङ्गै छन् । देशभित्र जुनसुकै सरकार आएपनि गर्ने केही कसैले होइन । सरकारमा नजाँदा सम्मको चुरिफुरी सबैको गएपछि लाखापाखा लाग्छन् । अचम्म लाग्छ आखिर यो देशभित्र किन यस्तो शासन व्यबस्था छ ?
देशभित्र युवाहरू बस्ने बाताबरणनै छैन । बिदेश नगई गुजारा छैन । डिग्री गराउँदा बा आमाको जिन्दगी जान्छ, बिदेश पठाउँदा घरबार बिक्छ ।
आफ्नो स्वर्ग तुल्य देशमा यो सन्तानलाई बाँच्नु छैन । गास,बासर कपासको परिपुर्ति गर्न अकालमा ज्यान गुमाएकाछन् । बुढा बुढीको काखमा नौजवान छोराको लाश हुँदा कस्तो अनुभुती हुन्छ होला ? यही हाम्रो देशको कथा छ । संसारभरीका देशमा नेपालीहरूको कथा भेट्टिन्छ । उनिहरूको आँसु पसिना र रगतमा मुछिएको ब्याथा । छिमेकी मुलुकमा त वेहिसाब नेपालीहरू छन् । जहाँ संगठन छैन् त्यहाँ उनिहरूको नराम्रो पिडादायक समाज भेटिन्छ । जाँडरक्सी,जुवा तास र लडाई झग्डामा बल्झिएको परिवारको कथा । जहाँ संगठन सक्रिय छ, त्याहाँ भने सचेतर देशभक्त नागरिकहरू भेटिन्छन् । अनुसाशनमा बस्न नरूचाउँनेहरू झाडा प्रवृतीका भेटिन्छन् । उनीहरू नेपाली त हुन तर आफ्नो गाउँ ठाउँ भुलिसके । न उनिहरूका छोरा छोरीसँग नागरिकता छ न उनीहरू नेपाली बोल्छन् ।
न भारतले हाम्रो नागरिक भन्छ । न मात्रृत्व भुमिको उनिहरूलाई जानकारी छ । उनिहरू मात्र उपयोग भएका छन् । भोट कार्ड बनाइदिएर राजनितिक पार्टीहरूले उपयोग गर्छन् । मात्र चुनावको बेलामा उनिहरूको खोजबिन हुन्छ । न घरको न घाटको गराएका छन् । त्यो भोटर कार्ड नतरासनकाड हो न नागरिकता त्यो एउटा गहिरो षड्यन्त्र हो । राजनीतिक पार्टीहरूको दाउपेच मात्र ।
नेपालमा बिदेशीलाई नागरिकता बाँट्न सम्विधानमा संसोधन गर्छन् । नयाँ नयाँ बिधेयक सदनमा पठाएर पारित गराएर उनीहरूलाई नागरीकता दिन्छन् । जस्को पहिल्यै देखुन छिमेकमा नागिकता छ । तर आफ्नो सन्तानको न बिदेशमा न देशमा उनिहरूको नागरिकता कतै छैन । हाम्रो देश त दुई ढुङ्गाको तरूल बनेको छ । एकातिर चीन जस्तो बिशाल देश छ आर्को तिर भारत । यी दुबै देश हाम्रो देशका भनेको हाम्रो देशको लागी आकासर धर्ती जस्तै हुन् । हाम्रा छिमेकीहरू यति शक्तीसालि छन् कि उनिहरूलाई अन्तराष्ट्रिय कानुन् सम्मले छुनसकेको छैन । छोएको हुन्थ्यो भने एउटा भूपरिबेष्ठित देशले पाउने नैसङ्गिक अधिकार हाम्रो देशले निर्धक्कसँग पाउँथ्यो । तर हाम्रो हकहितको उनीहरू कसैलाई चिन्ता छैन । बरू यो देशलाई कसले आफ्नो मण्डी बनाउने ? भन्ने होड हुन्छ । हाम्रो देशका नेताहरू तिनै बिदेशी शक्तिका अगाडी नतमस्तक छन् । उनैको जि हजूरी गरेर आफु सत्ता सुख लिन्छन् । त्यसकारणले पनि देशको मुद्धा अन्तराष्ट्रिय न्यायलयमा पुराउन सक्दैनन् ।
आज पनि हामीहरू निरही बनेर यिनीहरूकै दयार मायाँमा बाँच्न परेको छ । यस्तो अबस्था रहिरहनु भनेको यो देशको लागि दुःखको बिषय हो । आखिर किन हाम्रो देश यस्तो चक्रव्युमा फसेको छ ? अहिलेको जनचासोको बिषय यही नै हो ।
पहिलो यो देशका शाशकहरूको बिदेशी सँग गोप्य सन्धी र सम्झौता, उनिहरूले आफ्नो व्याक्तीगत स्वार्थको लागी देशलाई धितोराख्न समेत पछि परेनन् । आर्को हाम्रो समाजिक ढाँचा जो कुरितीर कुसंस्कारले भरिभराउ छ । जातीय बिभेद र कथिथ संस्कार जस्ले समाजलाई टुक्रा टुक्रा पार्दै आएको छ ।
एक्किसौं शताब्दीमा हाम्रो समाजमा मसान,बोक्सी र छुवाछुतको शङ्खनाथ हुन्छ । यो हाम्रो अखण्ड समाजको लागी अशोभनीय संस्कार बनेको छ ।
हामीले इतिहासमा अध्यायन गर्दै आएका छौं दुनियाँ सबैभन्दा लामू समय सम्म जलिरहन सक्षम आगो भनेको जातीय द्वन्द्वको हो । जातीय लडाई सितिमिती सकिदैन । भारतमा यस्को उदाहरण भेटिन्छ । हिन्दु मूश्लिम बिचको युद्ध अँझैपनि उस्तै छ । देशको तिन टुक्रा भयो तर जातीय लडाई सकिएन । मुश्लिमहरूको बिचमा सिया सुन्नीले गर्दा एकता हुन नसकेको उधारण थुप्रै भेटिन्छ ।
हाम्रो देशमा जातिय द्वन्द गराएर देशलाई सखाफ पार्ने योजना पनि देशका दुश्मनहरूको नभएको होइन तर हाम्रो देशको गरिब समाज भएकोले उनिहरू बिचमा छुवाछुत भए पनि ठुलो लडाई हुन सकेन । किनकी बर्गिय माया आत्मिय सम्बन्ध पनि हाम्रो देशको गाउँघरको समाजमा अझैपनि जिवित भेटिन्छ ।
यदि समयमै यो बर्गिय एकता बलियो हुनसक्थ्यो भने आर्को हावा घुस्न सक्ने थिएन । तर बर्गीय आन्दोलनलाई कयौं राजनीति पार्टीहरूले आफ्नो स्वार्थमा ढाल्ने दुस्सहास गर्दैगर्दा अहिले बर्गिय धरातल खुस्किंदै गएको आभाष हुन्छ ।
देशलाई आर्को ठुलो सङ्कटमा लतार्ने खोजिएको छ । त्यो अपसकुनको बिषय हो ।