चहराइरहेको छ भूकम्पको घाउ ।
शुक्रवारे मध्यरात जमीन थर्रथरी कापिरहन्छ । मस्त निन्द्रा छन् मान्छेहरू । सातै बजे ओछ्यानमा पुग्ने गाउँहरूलाई बत्ति दिन कन्ज्यूँसाई गरेका छन् कुलमानले । अहिले हैन उहिलेदेखि । विजुली पोल हाल्दा सिन्दुरे जात्रा गर्ने गाउँलेहरूलेराती १० बजेदेखि जुनर चन्द्रमा कै उज्यालो भर पर्नु पर्ने थियो । अहिले पनि त्यस्तै छ ।
यो शुक्रबार भन्ने बार पनि कस्तो कस्तो ! अन्ठाउन्नको जेठ १९ गते दरबार रक्तरञ्जित गरेको थियो । अहिले फेरि उही शुक्रबार माटा घरभित्रै सयौं पुरिन पर्यो । मध्यरातमा उज्यालो भईदिएको भए पनि बाँच्न सक्थे नि धेरै मान्छेरंगवीर काका भन्दै थिए ।
‘क्या अर्छौ, दिन आया पछि कसको क्या लाग्न्यारैछ र’ । उता इजरायलमा पनि उही शुक्रबारको राती नै हमासले धमास गरिँदिँदा १० जना नेपालीले ज्यान गुमाउनु परेको थियो । यता त घरले पनि थिच्यो, भाग्यले पनि थिच्यो ।
सधैं कहिले साहुले, कहिले सरकारले, कहिले बाहुबलीले, कहिले कसले कहिले कसले, थिचोमिचोमा जीवन बाँचिरहेका रंगवीर काका आँखाभरी आँशु गर्दै बन्चराले चिरेर आधा पारेको दाउराको चिर्कटो जस्तै बनेको घर देखाउँदै भन्दै थिए । ‘ऊऽ त्यहाँ हेर यस्तो हरिविजोग भएको छ । पछाडिको झ्यालबाट हाम्फालेर बाँचे । तर अरूलाई गुहार लगाउँदै लगाउँदै सवैलाई थिचिगो । उनी भक्कानिए ।
एक दुई कान मैदान भने जस्तै भूकम्पले त्यहाँ मात्र हल्लाएको थिएन ! धेरै जिल्ला हल्लाको थियो । कति सुतेर बसे, कतिले पत्तै पाएनन् कति ज्यान जोगाउने ओछ्यान छाडेर भागाभाग पनि गरेका थिए । मध्यरातदेखि नै सामाजिक सञ्जालरंगिन थालेको थियो । मिसकल, झट्का, माया कुन्नी के के अनेकार्थमा । ‘अगुल्टाले हानेको कुकुर विजुलीदेखि पनि तर्सन्छ’ भने जस्तै ७२को भूकम्पले सवैलाई सताएको थियो । केही हप्ता अगाडि मात्र बझाङ्गलाई जिस्काएको थियो । पटक पटक झट्का दिई नैरहेको थियो । अहिले हल्लेको हल्लै गरिरहेको छ । शनिबार विहानै ‘गाईने किरा’ जस्तै गरी हेलिकप्टर आकाशमा फन्को मार्दै थियो । हरियो किराले फन्को मारेपछि गरिव जनतामा आशा त थियो । हरेकका घर बारीमै मिलेको थियो । सग्ला घर देखिन मुश्किल नै थियो ।
बम, मिसाइलको झट्काले भूँइ हल्लिएर प्यालेस्टाइनको गाजाजस्तै देखिने गरी ध्वस्त भएका माटाले बनेका ती घरहरू भत्किएर धुलाम्मै थियो । धूलो उडिनै रहेको थियो । गाजामा इजरायलले प्रहार गरेकोरकेटले निस्किएको धुँवाको मुश्लो जस्तो ।
नेपाल मनकारी छन्, मन कमलो छ नेपालीको । साना साना कुरामा खुशी हुन्छन्, साना साना दुःखमा नेपाली दुख्छन् । देशमा संकट आईपर्दा मन नदुख्ने को नै हुन्छ । पहिरोले पहाड भत्काउँदै तराईलाई निकै पीडा हुन्छ । तराईलाई बाढीले डुबाउँदा पहाडमा आँशु झर्छ । शनिबार विहानै मैले प्रविधिको प्रयोग गर्न किन छाट्थेर ? उता रंगवीर काकाहरूको अवस्था जान्न चाहिरहेको थियो । उता मुग्लानबाट आउँदा उपहार पाएको हावा चिठ्ठी (फोन) मा नम्वर थिच्न थाल्यो ।
यीरंगवीर काकाहरूले नै चुनाउमा जिताएर पठाको अनि परदेशको अर्थमन्त्री पनि भाका बेदराज सिंहको हावा चिठ्ठीले एकै पटकमा उत्तर दिईहाल्यो ‘हजुर मर्जी होस्, यहाँ त विजोग छ ।’ अरू बोल्न सक्ने आँट मलाई पनि आएन । उत्तर दियो, सुरक्षित भएर सेवा गर्नु । विपद्ले यो मेरो यो तेरो पनि भन्दैन । को ठूलो को सानो पनि भन्दैन । दैवि प्रकोपर विपदबाट क्षति न्यूनिकरण गर्ने हो जोखिमबाट बच्ने हो । उताबाट उत्तर आयो । हस हजुर धन्यवाद । मान्छेले अरू त के नै गर्न सक्छर ? ‘दिएर आफ्नो, खौरिएर मसिनो’ कहाँ हुने होर ? सवै भन्दा ठूलो कुरा त मन नै हो नि । धन जति नै ठूलो भएपनि मन सानो छ भने के काम लाग्नेरैछ र ? जहिले पनि बेहाल आमनागरिककै हुने न हो ।
गाउँले रंगवीर काकाका गाउँमा अहिले ‘टुरिष्ट’ धमाधम गईरहेका छन् । बहत्तर सालमा गोर्खादेखि सिन्धुपाल्चोकसम्म जानेहरू पुगेका छन् कि छैनन् थाहा छैन । दुईचारवटा विस्कुटर चाउचाउका पोका वोकेर सामाजिक सञ्जालमा छाउने टुरिष्टहरूलाई रोक्नु पर्दछ ।
जिम्मेवारीको कुरा गर्ने हो भने जहाँका नागरिकहरूको गाँस, वासर कपास नै सकिएको छ त्यहाँ टुरिष्ट होइनराज्य सत्ताले नै चाँजो पाँचो मिलाउने हो । पीडितको आँशु पुछ्ने काम गर्ने हो । तर अहिले त्यस्तो छैन । विपद्का बेला धेरैको कमाउने मेलो बन्ने गरेको छ । मैले रंगवीर काकालाई त्यही भनेको थिएँ । चुनाउ जितेर जानेलाई पनि त्यही सुझाएका हो । मान्ने पो कसले होर देशमा ।
धेरै धनं खर्चिएर गाईने किरा चढेर टुरिष्टहरू जानु भन्दा गाइने किरा चढ्ने फजुल खर्चले चिसो सिरेटोबाट बच्न न्यानो कपडा पठाईदिए हुन्न र ? आफै जानै पर्ने हो र ? के त्यहाँ राज्यको कुनै अंग छैन र भएभरका टुरिष्ट जानु पर्ने ? तँ पहिला की म पलिहा भन्ने बेला होर ? पक्कै पनि हुँदै होइन । यो त संकटको बेला हो । उद्धारको समयमा हो त्यसपछिराहतका अनि विकास कुरा होला नि ?
हाम्रा रंगवीर काका भन्दैछन्, कत्ति कष्टले बनाएको त्यो घर एकै छिनमा स्वाहा बनाईदियो । अव के गर्ने ? कसरी बनाउने ? मजस्ताको बोली फुट्न सकेको छैन । बहत्तरमा यसै गरी ध्वस्त भएका घरहरू अहिलेसम्म बनेका छैनन् । तपाईको के बन्लार, कहिले बन्लाररंगवीर काका भन्न पनि सकिरहेको छैन ! विदेशबाट आएका टुरिष्टदेखि स्वदेशका टुरिष्टले हल्ला खल्ला धेरै गरे तर, पीडितको आँशु चुहिएको चुहिँएै । छटपटिएको छटपटियै । बहत्तरकाले समेत एउटा टेको लगाउन सकेका छैनन् । तर तिनै पीडितको आँशु देखाएर आएको अवौं रूपैयाँ खै कसको ढुकुटीमा गएर भरियो ? दामासाही गरेर बाँडेको भएपनि सवैका घर हुन्थे । उही गाईने कीरा चढ्नेर तारे होटलमा छल गरेर फल खानेहरूले नै सत्यानाश पारिदिए । गरीवको आँसु पिए, नाना, खाना र छाना लुटेर खाए ।
आम नेपालीको कथा एउटै छ । व्यथा उस्तै छ ।रात झैं मन चकमन्न छ । बोल्नेको पीठो विक्ने, नवोल्नेको चामल पनि नविक्ने गतिछाडा व्यवस्थामा कसले पो न्याय पाउँछ
र ? पीडितको आँशु पुछ्ने होइन त्यही आँशुलाई बेचेर खानेहरूकै चकाचक छ देशमा । भूकम्प, टुरिष्टहरूले पीडितको आँशुमा अझै आँशु बढाउने काम पो गर्दैछन् कि ? त्यसै ऊ बेलामा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको हैन रहेछ, ‘दुखीको घरमा मात्र तेरो बास हुने भए, हे इश्वर मलाई अझ दुख दे ’ ! आम नागरिक कहिले महामारी, कहिले प्राकृतिक बिपत्ति, कहिले राजनीतिक बिपतमा झुल्सिरहेकै छन् ।