Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

आममाफी पाएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज

२३ बिहिबार , कार्तिक २०८०३ बर्ष अगाडि

आममाफी पाएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वश्वसहित सर्वाेच्च अदालतले जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको हो ।

आममाफी विरुद्ध ‘कैलाली नरसंहार’मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले रेशम चौधरी सरकारको आममाफीबाट छुटे पछि मुद्दा दायर गरेका थिए । उक्त दायर मुद्धाको अन्तिम सुनुवाई आज हुदैछ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीको पार्टी बाट सरकारमा मन्त्री समेत रहेका छन् ।

यसअघि २०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा सर्वश्वसहित जेलचलन भएका योगराज ढकाल (रिगल)लाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दिएको आममाफी लाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । चौधरीको मुद्दाको अन्तिम सुनुवाइमा पनि रिगलकै अवस्था त दोहोरिने हैन भन्ने धेरैको अनुमान रहेको छ ।