राष्ट्र बचाउने विषयलाई पनि चाडपर्वले छेक्ने ? चाडपर्व पहिला सक्नुपर्ने । करीव तीनवर्ष पहिले कोरोना महामार थियो । त्यो समय कसैलाई दशैं, तिहार, छठ मनाउनु नपर्ने । सबैजना घरघरमा नजरबन्द थिए । त्यतिबेला सबैलाई ज्यानको कुरा थियो । यतिबेला राष्ट्रको अस्तित्वको कुरा छ । नेपालीत्व संरक्षण गर्ने कुरा छ , यसबेला झन अन्य केही नहेरी सिंहदरवार कब्जा गष्रेरबसेका महाफटाहहरूर्ला त्यहाँबाट घिसारेर तिनका काला कर्तुतका लागि सजया दिनैपर्ने बेला छ । हामीचाहिं चाडपर्व सकेर अघि बढ्ने सोचमा छौं । कसरी हुन्छ यस्तो चालाले ? चाडपर्व त अर्को साल पनि आउँछ । देशै रहेन भने केको चाडपर्व ? अनेक ज्योतिष र राजनीति गर्नेहरू भन्छन्– मंसिर कट्दैन, यो व्यवस्था चल्दैन । न त स्वनामधन्य राष्ट्रसेवक अघि सरे, न सुरक्षा निकाय । केही मौसमी आन्दोलनकारी भन्छन्– मंसिर ७ गते कट्दैन ।
त्यसो त केही चर्चित आन्दोलनकारीले पूर्वराजालाई मेचीतिर लगेर आन्दोलनको आँधीबेहरी ल्याउने घोषणा गरेका थिए । ती प्रसाई अहिले एमाले र महेश बस्नेतसँग जुहारी खेलेर बसेका छन् । अर्थात् हात्ती आयो, हात्ती आयो फुस्सा भयो । यस्ता क्रियाकलापबाट परिवर्तन चाहने आमनागरिकमा निराशा छाएको छ । राष्ट्रघातीहरू कमजोर भएका छन् । सबै पुराना पार्टी मिलेर देखाइदिने भन्न थालेका छन् । हो, यहीकारण भ्रष्ट शासक प्रशासकहरूको राइँदाइँ झन बढेर जाँदो छ । यी शक्तिशाली हुँदै गएका छन् । विद्रोह गर्नेबेलामा चाडपर्व मान्न थालेपछि तातेको असन्तोष सेलाउँदै गएको छ । मंसिर ७ को गफ पनि गफमा नै सिमित हुनेवाला देखिन्छ ।
राष्ट्रघात र जनघातका अनेक घटनाक्रम छन् । गर्नुपर्ने राष्ट्रवादीहरूको विद्रोहले हो, त्यो विद्रोह मौसमी बनेपछि लुटाहरूले लुटिरहन पाउने छन् । दशैं मासु र रक्सी खाएर बित्यो, तिहार मिठाई खाएर गुलियोमा भुलिनेछ । छठ आउँछ, सूर्यनारायणको आराधना गरेर सकिनेछ । राष्ट्र जहाँको तहीँ रहिरहनेछ । लुट्ने लुटिरहनेछन् । उता राष्ट्रघातीहरू आआफना पापहरू छोपछाप पार्न एकजुट भइसके । द्वन्द्वकालका युद्ध अपराधलाई पुछपाछ पार्ने काम अघि बढिसक्यो । प्रम प्रचण्ड र एमाले अध्यक्षको भेट त्यसैका लागि हो । एउटा ऐन बनाउँछन्, आफ्नाको बाहुल्यता रहेको संसदबाट पास गराउँछन्, कुरा सकिन्छ । आमनेपाली कुन नेताको कुन देशमा के कति लगानी रहेको छ, कुन देशमा सम्पत्ति थुपारेका छन् भनेर हल्लाखल्ला सुनेर चूप लाग्छन् । देउवा र आरजुको कोठाभरि नोटका बोरा छन् भनेको सुन्छन् र सुत्छन् । एकथरि यी नेता र तिनका कार्यकर्तामा फाटो नआएसम्म परिवर्तन असम्भव भनिरहेका छन् ।
त्यसो त पार्टीका कार्यकर्तालाई पनि थाहा छ, आफ्ना नेताको काला कर्तुतहरू । तर तिनीहरू विरोध गगर्नसक्दैनन् । किनभने तिनको भात भान्सा तिनै नेताजीहरूबाछ चलेको छ । त्यसकारण ती नेपालीहरले भ्रष्टाचारबाट आर्जन गरेको अकूत सम्पत्तिलाई कब्जा गर्नसक्नुपर्छ, त्यसपछि ती नेताहरू आफ्ना कार्यकर्ताहरूलाई कुनै पनि प्रकारको सहयोग गर्न नसक्नेभएपछि मात्र ती सडकमा निस्कन्छन् । पैसा, पद, प्रभाव अर्थात प्रशासन, पुलिस, न्यायालय सबै उनीहरूको कब्जामा भइसकेपछि भ्रष्टहरूको बोलबाला हुनेनै भयो । सप्रमाण फेला परेका काण्डहरू ाबहिर आउँदा पनि आमनागरिकले बिद्रोह गर्न नसक्ने मुलुकमा कसले के लछारपाटो लगाउला र ? असन्तुष्टलाई फकाउन पनि माहिर छन् यी भ्रष्टहरू । अलिकति आन्दोलन चर्कनासाथ उधारो सहमतिमा जुटिहाल्छन् । पछिल्लो समय सडकमा उत्रिएका शिक्षक, डाक्टर वा अन्यको कुरा गरौं, पछि कानुन बनाएर माग पूरा गर्छौं भनेर शान्त पारिदिए । जबसम्म यस्ता भ्रष्टहरूको विश्वासमा परिन्छ, तवसम्म नेपालमा कुनै प्रकारको आन्दोलन सफल हुनसक्नेछैन । समष्टिमा भन्नुपर्दा अब परिवर्तन गर्छौ, राष्ट्रलाई यी दलालहरूको चंगुलबाट मुक्त पार्छौं भन्नेहअरूले ठोस योजना बनाउन पर्छ, त्यसपछि दशैं, तिहार, छठ, हिउँद, वर्षा, झरी नभनीकन कार्यक्रम दिइरहनुपर्छ । चाडपर्व वा जात्राले रोकिने आन्दोलन कहिले पनि सफल हुनसक्दैन । मंसिर ७ मा ठूलै परिवर्तन हुन्छ भनेर जुन हल्लाखल्ला भइरहेको छ, त्यो हल्लालाई कसरी विश्वास गर्ने ?
परिवर्तन चाहने हो भने विद्रोहको विकल्प छैन । विद्रोह भनेको मौसमी हुँदैन, बिद्रोह माग पूरा नभएसम्म जारी रहनुपर्छ । बिद्रोह आन्दोलनको निरन्तरता हो ।