सुरेशकुमार पाण्डे - - -
नेपाली समाजमा एउटा उखान छ ।आफ्नो आँखामा छारो हाले शिखार मर्छ ।त्यसैको अनुकरण गर्दै हामि हिंडेका हुन्छौँ । एकले आर्कालाई गाली गर्ने र तँ मैलो भन्ने बानि नै बस्यो ।खास गरेर आफुलाई कम्युनिष्ट क्रान्तिकारी भनौदाहरूमा यो बानी बढि बसेको छ ।
भनिन्छ आफ्नो घरमा आगोलगाएर छिमेकीलाई गर्माइस उपलब्ध गराउँनमा हामि माहिर छौँ । त्यसैको नतिजा कम्युनिस्टका हाङ्गाबिङ्गाहरू हुन् ।कम्युनिष्ट बिचारधारालाई पचाउँन नसकेपछि आर्को हाँगो हाल्छन् र जति हाँगा हाल्छन् उती हाँगाहरूले यो रूखको आफु रक्षक भएको भन्छन् । रूख नै सुकेपछि ति हाँगाको के अस्तित्व होला ?
एउटा हाँगा निस्के पछि उस्ले आर्को हाँगालाई खराब ठान्द छ र त्यही हाँगाबाट पनि अरू उप हाँगाहरू निस्किएका हुन्छन् ।
सबै हाँगा उप हाँगाहरूले थाहा पाउनुपर्छ रूख सुके आफ्नो अस्तित्व रहनन् ।
तर उनिहरूलाई सदबुद्धि कस्ले दिने?अहिले देशको अबस्था इतिहासमै बढी सम्वेदनशिल र तरल बनेको अबस्थामा देशलाई यो अबस्थाबाट बाहिर कसोगरी निकालौँ भन्नेबारे राष्ट्रिय सरोकारको बिषय हो र हुनुपर्दथ्यो ।तर एकातिर गठबन्दनको सरकारले देशलाई बिदेशीको हवाला गर्दै छ ।आर्कोतर्फ देशमा अतिकर्मणको लागि चलखेल हुँदै छ । त्यो पनि हिंजो राजतन्त्रको बिरोधमा हतियार उठाएको आफुलाई कम्युनिष्ट क्रान्तिकारी भन्नेहरूद्वारा । वैधानिक राजतन्त्र हुनैपर्छ भन्नथालेका छन् ।
यो अबस्थामा आफुलाई देशभक्त र क्रान्तिकारी शक्तीहरू एक आपसमा मिलेर प्रतिगमन र बिदेशी हस्तक्षेपको बिरोधमा आन्दोलित हुनुको सट्टा एकले आर्कालाई तँ मैलो भनेर बिवाद गर्छन् ।दुश्मनले चाहेको पनि त्यही नै हो ।
भनिन्छ कुनैपनि देशलाई ध्वस्त पार्नु छ भने बोम गोला र मिशाइल होइन बरू त्यो देशको शिक्षाप्रणाली र अर्थ व्यवस्था वा जातिय क्षेत्रिय द्वौन्द गराइदिए पुग्छ । तर हाम्रो देशभित्र त यि तिनौ चिज मौजुद्छन् । अर्थव्यबस्था कम्जोर छ, शिक्षामा निजिकरण र संघीयताले देश बिखण्डित छ । दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीन सँगपनि नेपालले धेरै सन्धि र सम्झौताहरू गर्दै आएको छ । जुनसुकै देशले पनि सन्धि सम्झौता आफ्नै हितमा गर्दछन् ।
धेरै सम्झौता गर्ने तर कार्यन्वयनमा तदारूकता नदेखाउँने अहिले सम्मका धेरै सम्झौताहरू देखिन्छ । चिनियाँ राष्ट्रपती सी जिन्पिङको सन २०१८मा भएको भ्रमणमा मात्रै नेपाल र चिनियाँबीच करिब डेढ दर्जन सहमतीहरू भएका थिए । त्यो भन्दा पहिले र त्यसपछि पनि ब्रग्रेल्ती समझ्दारी पत्रहरू भए ती मध्य करिव चार दर्जन जति अलपत्र अबस्थामा छन् । जस्मा काठमाण्डौ–केरूङ रेल मार्ग होस् वा पारवहन सम्बन्धी सम्झौता होस् । ति सबैजसो कागजमा मात्र सिमित छन् । अहिले प्रधान मन्त्री प्रचण्डको चीन भ्रमणमा पूर्वधार विकास, कृर्षि, उर्जा, पर्यवटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा दिने सहयोगबारे छलफल हुने कुराहरू थिए । यो भन्दा पहिले वेजिङ समय समयमा जनाइएको प्रतिबद्धताको अहिले सम्म एक खर्ब रूपियाँ पुगिसकेको समाचारहरूमा छ । तर भनिन्छ सम्झौता कार्यन्वयन हुनसकिरहेको छैन् ।
चिनिय’मा नेपाल पनि सहभागि छ ।जबकी चीनियाँ सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बिआरआई अन्तरगत नै भनेर व्यख्या गरिरहेको छ । चिनियाँ सरकारसँग पारवहन सम्झौता भएकै पनि आठ वर्ष बढी भैसक्यो । यो द्वौरानमा पहिलो खेप चिन हुँदै भियतनामबाट एक ट्रक बेसार आएको थियो । अहिले सम्म तेस्रो मूलुकबाट आएको पहिलो चोटी हो भनेपनि फरक नपर्ला । सन२०१५मा नेपाल माथि भारतले लगाएको नाकाबन्दीको केहि महिना पछि के पी शर्मा ओलिको सरकारले चीनसँग पारवहन सम्झौता गरेका थिए । त्यसैको कार्यन्वयन सम्वन्धी कार्यविधी सन २०१८ मा बन्यो । नेपाल भूजडित राष्ट्र बन्यो ।
हाम्रा दुबै छिमेकी देशहरू द्वारा सिमानामा अतिक्रमण हुँदै आएको छ । चीनलेपनि खास गरी हुम्ला क्षेत्रमा नेपालको सिमा मिच्दै आएको समाचारहरू आइनै रहन्छन् ।
नेपालका शासकहरूले देशको बिरूद्धमा भएको छिमेकी र पश्चिमा दुव्र्यवहारको बिरूद्धमा एक शब्द समेत बोल्ने हिम्मत नगर्दा आश्चार्य लाग्छ ।
अहिले पुस्पकमल दहाल भारतको भ्रमण गर्दा लुम्बिनी र कपिलबस्तुलाई भारतको नयाँ संसद भवनमा राख्न बनाएको नक्सामा गाभेको देखेर पनि अनदेखा गरे बरू भारतलाई खुसिपार्न प्रयासरत रहे । उनले बांग्लादेश जाने हवाई मार्ग दिए कालापानीको मुद्धा न उठाउने सम्मको लज्जास्पद् अभिव्यक्ति दिएका थिए ।
अहिले चीनको भ्रमणमा उन्ले चीनले कालापानी लिपुलेख र लिम्पियाधुरको भूभागलाई भारतको भन्दापनि उनि एकशब्द बोल्न नसक्नु भनेको निम्नस्तरको दलाली हो । अहिलेको यो सरकारबाट लगातार बिदेशीलाई खुसिपार्ने काम हुँदै आएको जगजाहेर छ । यिनिहरूले एमसीसी पारित मात्र गराएनन् त्यसलाई कार्यान्वयन गराएका छन् ।नागरिकता बिधेयकलाई कार्यन्यन गराएका छन् । देशको भूभागमाथि बिदेशीले गर्दै आएको कब्जालाई बैधानिक मान्यता दिएर सधैका लागि नेपालका ती भूभागमाथिको आफ्नो हक व्यवहारिक रूपमा छाडेका छन् ।
यो भन्दा नाङ्गो दलाली र लज्जास्पत कार्य के हुनसक्छ ? यस्तो अबस्थामा देशभक्त र क्रान्तिकारीहरूको एकमना एकता हुनुको सट्टा आपसमा फुट गुट र हाङ्गा बिङ्गा बनाएका गुट र उपगुटहरूको खिचातानी छ । आफुलाई क्रान्तिकारी भन्नेहरूको यस्तो व्यबहारले कस्लाई फाइदा होला ? प्रष्टै छ । बुझ्न चाहँदैनन् ।
हाम्रो देश दुबै ठूला ठूला देशहरूको वीचमा अबस्थित छ । कुनै एउटा देश सँग सम्बन्ध बिग्रियो वा डगमगायो भने कुनै देशको केही जाँदैन तर हाम्रो देशको आयु छोंटिंदै जान्छ । अहिले देशलाई बलियो बनाउन देशको हितमा एकजुट भएर बस्नुपर्ने अबस्था छ । हाम्रो देश यी दुबै देश भन्दा धेरै सानो र कम्जोर देशमात्र होइन अर्ध सामन्ति र अर्ध उपनेवेशिक र भूपरिवेष्ठित अबस्थामा रेहेको एउटा स्वतन्त्र देश हो । तर आफ्नै खुट्टाले उभिन सकेन, नेताहरूको दलालीले गर्दा ।
असमान सन्धिहरूलाई खारेज गर्दै असंलग्नता र पञ्चशीलका आधारमा सन्धि गरेर जान सक्नुपर्छ । छिमेकीको अतिक्रमणको बारेमा अन्तर्राष्ट्रिय न्यायालयमा आवाज उठाउने प्रयत्न पनि गर्नु पर्दछ । साहस छाडेर हामी डरायौँ भने हाम्रो स्वाभिमानको हत्या हुनसक्छ र स्वतन्त्र देश इतिहासमै सिमित हुनसक्छ ।