एक्लै लड्छौं, बहुमत ल्याउँछौं
काठमाडौं । २०८४ मा हुने निर्वाचनमा एक्लै लडेर बहुमत ल्याउँछौ भन्ने दावी गरेका छन्, माओवादी केन्द्रका नेता जनार्दन शर्माले ।
जनार्दन शर्मा पार्टी उपमहासचिव हुन् । अहिले देखि नै बहुमत ल्याउने गरी लागेको उनले खुलासा गरेका छन् । अबको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नगर्ने पनि उनले बताएका छन् ।
‘कहिले यो दल र कहिले त्यो दलसँग गठबन्धन गर्दा पार्टीलाई क्षति भएको छ । पार्टी टुटफुट भएर सानो भएको छ’ भन्दै शर्माले आफ्नै पार्टीको बलबुतामा चुनाव लडेर देखाउने दावी गरेका छन् । सत्ताको नेतृत्वमा रहेर पार्टीले इतिहासमै लोकप्रिय काम गरेको बताउँदै यही लोकप्रियताको आधारमा बहुमत ल्याउने छौं । शर्माले भनेका छन्– पार्टी पंक्ति दशैं तिहारको बेलामा जनताको घरदैलोमा जान्छौं, संगठन बिस्तार गछौं ।