बिभिन्न पार्टीका नेताहरूमा दोहोरो चरित्र देखिएको भन्दै सर्बत्र आलोचना हुनेगरेको छ । राजनीतिक नेताहरूमा दोहोरो चरित्र देखिनु भनेको अवसरवादको पराकाष्ट रूप हो । राजनीतिलाई सामान्य अर्थमा उत्कृष्ठ समाज सेवा भनिने भएकाले त्यसमा दाहोरो चरित्र देखियो अथवा अवसरवादी प्रबृत्ति देखियो भने त्यो अशल÷बिश्वसनीय राजनीति वा उत्कृष्ठ समाजसेवा हुन सक्दैन । हाल देशको कार्यकारी प्रमुख भएकाले होला सबैको ध्यान पुष्पकमल दाहालमा केन्द्रित हुने गरेको देखिन्छ । कतिपयले त उहाँलाई अवसरवादी राजनीतिका गुरूनै पनि मान्ने गरेका छन् । तर उहाँमात्र होइन अवसरवादको राजनीतिमा रमाउने र रमाउँदै आएका अन्य नेताहरू पनि धेरै छन् । अवसरवाद आफैमा राजनीतिको महारोग हो । जुन देशको राजनीतिमा अवसरवादी प्रबृत्तिले गाँज्दै लगेको हुन्छ, त्यहाँ के कस्ता गतिबिधिहरू हुन्छन् भन्नेकुरा ०६३ पछि नेपालको सत्ता र शक्तिमा आएकाहरूले निर्वाह गर्नेगरेको भूमिका ताजा र ज्वलन्त उदाहारण बन्नेगरेको छ । अवसरवाद मुख्यत ब्यक्ति केन्द्रित रहेको हुन्छ । कतिपयले यसलाई समूहमा पनि प्रयोग गर्नेगर्दछन् । तर त्यसमा पनि भूमिका ब्यक्तिकै रहेको हुन्छ । जसमा अरूलाई झुक्याउने, ठग्ने र जसरी पनि आफूले फाइदा लिने कुराहरू आउँछन् । अन्यत्रभन्दा राजनीतिक क्षेत्रमा अवसरवादी कामहरू प्रशस्तै हुन्छन् । कतिपयले राजनीतिलाई बिचारको खेलभन्ने गरेका छन्भने कतिपयले यसलाई संभावनाको खेल ठान्ने गर्दछन् । जो जसले राजनीतिलाई संभावनाको खेल ठान्दछन् उनीहरू अवसरवादी राजनीतिको अभ्यासमा रहेको सहजै बुझ्न सकिन्छ । खासमा अवसरवादी चरित्र भनेको आफ्ना आबश्यकता र समस्याहरू अरूबाट जादूगरी शैलीमा पूरागराउने कला पनि हो । कतिपय बिद्वानहरूले त अवसरवादलाई एक प्रकारको मनोरोगकारूपमा पनि ब्याख्या र बिश्लेषण गर्नेगरेको पाइन्छ । धेरैलाई नेपालको राजनीतिले स्थिरता पाउन नसकेकोमा चिन्ता र चासो रहेको छ । तर जो जसले अवसरवादी राजनीति अंगालेका छन् उनीहरू भने नेपालको राजनीतिलाई स्थिर हुन नदिन सधै प्रयासरत÷चिन्तनरत रहेका देखिन्छन् । धमिलो पानिमा माछामार्ने कलाले उनीहरू पारंगत भएका हुन्छन् । त्यसैले उनीहरू आफ्नो अभिष्ट साधनाका लागि सधै नेपालको राजनीतिक वातावरण धमिल्याउन लागिरहेका हुन्छन् । बिचारले राजनीतिलाई सही दिशा प्रदान गर्ने प्रयास गर्दछ । तर अवसरवादले राजनीतिलाई कहिल्यै पनि बिचारवान बन्न दिंदैन । राजनीति भनेकै समाजलाई परिवर्तनको बाटो देखाउने सूत्र हो ।
यो एकप्रकारको प्रक्रिया र माद्यम पनि हो । त्यसैले राजनीति विज्ञानकाबारेमा बिभिन्न पुस्तकहरू तयार भएका छन् र बिद्यालय तथा महाबिद्यालयहरूमा अध्ययन र अध्यापन गर्ने÷गराउने पनि हुँदै आएको छ । राजनीतिलाई सही बाटोमा हिँडाउनकै लागि हरेक देशले संविधान, ऐन कानून र नीति नियमहरूको तर्जुमा गर्नेगरेको हुन्छ । संविधान र कानूनअनुसार राज्य सञ्चालन भएको खण्डमा त्यो दुर्घटनामा पर्ने संभावना कम रहन्छ । तर स्वार्थी र अवसरवादी राजनीति अपनाएकाहरूका लागि संविधान र ऐन कानूनहरू देखाउने दाँतमात्र हुन्छन् । त्यसैको अपब्याख्या गरेर अवसरवादीहरूले आआफ्नो फाइदा हाँशिलगर्ने प्रयास गरिरहेका हुन्छन् । उनीहरूको राजनीति कुनैपनि बेलामा दुर्घटनामापर्न सक्दछ । अवसरवाद अनैतिक हुन्छ र वेइमानीको जगमा उभिएको हुन्छ । त्यसैले यसले चाकडी र चाप्लुसीलाई बढी प्रश्रय दिने गर्दछ । अवसरवादी राजनीतिमा पोख्त अथवा लिप्त भएकाहरूका लागि बिधि र पद्धतिको कुनै मतलव हुँदैन । माओवादी केन्द्रको गत केही महिना अघिभएको केन्द्रिय समितिको बैठकमा बोल्ने कतिपय नेताहरूले पार्टी विधि र पद्धतिअनुसार चल्न नसकेको र अध्यक्षले पार्टीलाई बिधि र पद्धतिअनुसार चल्न नदिएको जुन आवाज उठाउनु भएको थियो, त्यसको मूलकारण अवसरवादी राजनीतिनै हो । त्यसैगरी यस्तो आवाज नेपाली कांग्रेसको हालैको केन्द्रिय समितिको बैठकमा पनि उठेको थियो । एमालेको बैठकमा पनि बेलाबखत उठ्ने गर्दछ । राजनीति बिधि र पद्धतिअनुसार चल्ने बित्तिकै अवसरवादको कुनै अर्थ रहँदैन । अनैतिकता र बेइमानी अवसरवादी राजनीतिको मूल चरित्रनै हो । नेपालमा ०४६ सालपछि जुन बहुदलिय व्यवस्था लागू गरियो, त्यो आफैमा अवसरवादको जगमा उभिएको ब्यवस्था हो । बहुदलीय राजनीतिक ब्यवस्थालाई सही ढंगले अगाडि बढाउने हो र यसलाई देशका लागि लाभदायी बनाउने होभने कतिपय बिधि विधान र अनुशासनको कड्याइँका साथ लागूगरिएको हुनुपर्दछ । प्रजातन्त्र अथवा लोकतन्त्र जेभने पनि त्यो कानूनी शासनयुक्त जनउत्तरदायी भएर अगाडि बढ्न सकेनभने अर्थहीन हुन्छ । कुनैपनि देशको राजनीति त्यो देशको ठोस परिस्थितिको ठोस बिश्लेषण गरेर तय गरिएको हुन्छ । जसका लागि कतिपय बिषय र प्रशंगमा जनमत संग्रह पनि गर्ने गरिन्छ । यदि नेपालका सन्दर्भमा राजतन्त्रकि गणतन्त्र अथवा धर्म सापेक्षकि धर्म निरपेक्षलगायतका बिषयमा संविधानसभाले जनमत संग्रह गरेर टुंग्याएको भए आजकोजस्तो बिवाद आउने थिएन । पछिल्ला दिनहरूमा संघीयता, जातीय समाबेशी र समानुपातिक निर्वाचन प्रणाली लगायतका बिषयमा पनि प्रश्नहरू उठ्न थालेका छन् । तिनीहरूलाई पनि तत्कालै जनमत संग्रहबाट नटुंग्याउने होभने बर्तमान राजनीतिक ब्यवस्थानै संकटमा पर्नसक्छ । तर अवसरवादको राजनीतिगर्नेहरूका लागि बर्तमान राजनीतिक ब्यवस्था र लोकतान्त्रिक गणतन्त्रभन्ने कुरा केवल दाउपेचको मात्र बिषय भएको छ । उनीहरू यो ब्यवस्था र संविधानलाई प्रयोग गरेर आफू अनुकूलको लाभ लिन चाहान्छन् तर यसबाट देश र जनताका लागि लाभ दिन चाहाँदैनन् । कुनैपनि राजनीतिक दलहरूले ग्रहण गरेका सिद्धान्तहरू खास आर्थिक, सामाजिक, सांस्कृतिक, एवं मनोवैज्ञानिक दार्शनिक विचारधारासँग सम्बन्धित हुनुपर्ने हो । तर जब राजनीति बिचारधाराविहिन हुन पुग्दछ, तव त्यो अवसरवादी बाटोमा अगाडि बढ्न थाल्दछ ।
राजनीतिक शास्त्रको भाषामा भन्ने होभने अवसरवाद सत्तालिप्साको कुण्ठा वा चरम महत्वक्यांक्षाबाट जन्मिने गर्दछ । त्यसैले कतिपयले अवसरवादलाई राजनीतिको महाँरोगकारूपमा ब्याख्या र बिश्लेषणगर्ने गर्दछन् । दिमागी रोग लागेको अथवा बहुलाएको मानिसलाई जसरी मानवीय मूल्य, मान्यता, आदर्श र नैतिकताको ख्याल हुँदैन त्यसैगरी अवसरवादले ग्रस्त नेताहरूलाई पनि सामाजिक मूल्य, मान्यता र आदर्शहरूको खासै ख्याल हुँदैन । नैतिकता÷अनैतिकता, संविधान÷कानून र सुकर्म÷कुकर्म कुनैको पनि मतलव हुँदैन । यस्तो अवस्थामा राजनीति पूर्णत अराजक र अविश्वासनीय बन्दैजान्छ । नेपालको खासगरी सत्ता राजनीति दिन प्रतिदिन जर्जर र अनैतिक बन्दै जानुको कारण पनि त्यही नै हो । अनैतिकताले कहिल्यै पनि नैतिकता र आचरण नसिकाउने कहावतनै रहेको छ । दार्शनिक चाणक्यले जब राजनीति भ्रष्ट हुन्छ तव जनताको जीवन पनि तहस नहस हुन्छभन्ने ब्याख्या गरेको पाइन्छ । राजनीतिमा अवसरवाद आग्रह वा पुर्वाग्रहबाट जन्मिने गर्दछ । नेपालमा २०६३ को राजनीतिक परिवर्तन र त्यसपछिका सत्ताका अभ्यासहरू सबै अवसरवादमा आधारित रहेका छन् । ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसमा चरम अवसरवादले प्रबेश गरेको थियो । जसले सो पार्टीलाई आजको अवस्थामा पु¥यायो । ०६३ को राजनीतिक परिवर्तनपछि माओवादी समूहहरूमा अवसरवादले प्रबेश पाउँदा सो समूहलाई छिन्न भिन्नमात्र बनाएन आजको जस्तो कतिपयलाई न कांग्रेस न कम्युनिष्टको अवस्थामा पु¥याएको छ ।
अब उसले अमूक समाजवादको खोल ओडेर नेपाली जनतालाई झुक्याउने प्रयास गरिरहेको छ । एकातिर ब्यवहारिकरूपमा समाजवाद स्थापनाका आधारहरूलाई एकपछि अर्को गरेर भत्काइँदैछ, अर्कातिर समाजवादको नारा पनि दिइँदैछ । राजनीतिक अभ्यासले के देखाएको छ भने अवसरवाद अराजकताको जननी हुँदोरहेछ भने अराजकता विदेशी चलखेलको जननी हुँदोरहेछ । जसले नेपाली जनताको देशभक्ति, राष्ट्रिय एकता र आर्थिक समृद्धिको नारालाई अलग, थलग बनाइ दिएको छ । विदेशी चलखेलबाट ग्रस्त भएको अवसरवादनीतिले जनतालाई समृद्धि दिन सक्दैन । हालसम्मका अभ्यासहरूले स्पष्ट गरेका छन् कि राजनीतिक अवसरवादले देशभक्ति, सिर्जनात्मकता र समृद्धिलाई तहस नहस पार्दछ । यसले सर्बसाधारण नागरिकहरूमा केवल निराशा र पलायनवादी प्रबृत्तिलाई बढाउने काम गर्दछ । नेपालमा पछिल्ला दिनमा अवसरवादी राजनीतिले चरमरूप धारणगर्दै गएको छ । प्रकृतिको नियमनै छ, जो पानीमा धेरै खेल्न खोज्छ, उ पानीमै डुबेर मर्छ, जो आगोमा धेरै खेल्न खोज्छ, उ आगोमा जलेर मर्छ ।