धर्मरत्न श्रेष्ठ - - - - - - - - - -
सिक्किमका लेण्डुप दोर्जीले १९७५ मा देशलाई भारतको हिल्ला लगाइदिए । उनको जीवनको उत्तराद्र्ध आमनागरिकको घृणामा बित्यो, घृणा सहन नसकेर उनले मृत्यु बरण गर्नुप¥यो । हो, उनी जीवनको उत्तराद्र्धमा खूब पछुताएका थिए, गल्ती गरें भनेर पश्चाताप गरेको थिए । हतारमा, स्वार्थन्ध बनेर गल्ती गर्नेहरू यसैगरी फुर्सदमा पछुताउने गर्छन् । यस्ता व्यक्तिहरू इतिहासका पानामा कलङ्क बनेर सर्वकालिक रूपमा घृणाका पात्र बन्छन् ।
मिर्जाफरको इतिहास पनि यस्तै हो । भारतमा अङ्ग्रेजको शासनकाल । अङ्ग्रेज राज्यबिस्तार गर्दै थियो । अङ्ग्रेजले बंगाली सेनामा लोभीपापी खोज्ने क्रममा नबाबका सेनापति मीरजाफर व्यक्तिगत लाभ हुन्छ भने देशै बेच्न तैयार रहने व्यक्तिका रूपमा भेट्टायो र उसलाई हतियारका रूपमा प्रयोग गर्न थाल्यो । मीरजाफर अंग्रेजले दिएको र देखाएको शक्ति र सम्पत्तिमा यसरी लोभियो कि उसले सेनापतिको निर्णय हैसियतसमेत अंग्रेजका सेनापति रोबर्ट क्लाइबललाई दिन पुगे ।
यिनै मिरजाफरलाई अंग्रेजहरू आज पनि हड्डी दिएपछि चुसेर बस्ने कुकुर प्रवृत्ति ठान्छन् । किनभने अंग्रेजले नवाव बनाइदिन्छु भनेको भरमा मीरजाफरले आफ्नो मुलुक, आफ्ना नबाबलाई धोका दिएर अंग्रेजको सेवा गरेको थियो । हो, उनले पर्याप्त धन सम्पत्ति पाए तर देशप्रतिको गद्धारीले गर्दा आज पनि मीरजाफर भन्ने व्यक्तिको नाम कलंकित पात्रको रूपमा लिइन्छ । कुनै नेतालाई देशघातक होस् भन्न प¥यो भने मीरजाफरजस्तो भनेर घृणा गर्ने चलन चलिरहेकै छ । मीरजाफर सरापजस्तो उपमा हो । नेपालका कतिपय शासक प्रशासक, नेताहरूलाई पनि यतिबेला मिरजाफरको उपमा दिन थालिएको छ ।
त्यतिबेला मीरजाफरको देशघातका कारणलेअंग्रेज शासन बलियो भएको थियो । यतिबेला हाम्रा कतिपय नेतृत्वको कारण नेपाल कमजोर बन्दैछ ।
नेपालमा किन मीरजाफरको चर्चा चलिरहेको छ भने एमसीसी पास गरियो, किन गरियो, कति लाभ हुनछ कुनै शासक प्रशासकले जनतालाई सुसूचित गरेका छैनन् । हालै चीन भ्रमण गरेर फर्केका प्रम प्रचण्डले बीआरआई कार्यान्वयनमा लैजाने निर्णय गरेर आएका छन् । २०१७ मा नेपाल सहभागी भएको बीआरआई अन्तर्गत कुन कुन योजना लागू हुँदैछ, सरकारले भनेको छैन । दक्षिणा भारत त सदैव नेपालमाथि हस्तक्षेप र अतिक्रमणकारी बनेरै रहेको छ । यी कुनै पनि घटनाक्रममा नेपालको संसद र सरकारले स्पष्ट नीति बनाएकै छैनन् ।
देशको स्वाधीनता र सार्वभौमिकताको विषयलाई पन्छाएर हरेक पार्टी मिसन ०८४ को कुरा गर्न थालेका छन् । १० दलीय सरकारले गरेको निर्णय गलत भयो भने त्यो हाम्रो निर्णय होइन भनेर कांग्रेस समेत पन्छिने गरेको छ । सरकारमा बस्ने निर्णय हाम्रो होइन भन्ने, यो कस्तो लोकतान्त्रिक परिपार्टी हो ? जेहोस्, ०८४ को चुनाव टाढाको विषय हो, तथापि त्यो चुनावको जीत हारको मुद्दासमेत पश्चिमा, उत्तर र दक्षिणा प्रतिस्पर्धाको विषय बन्नेवाला छ । देशभित्र बहादुर शाह चाहिने बेलामा मीरजाफरको बिगबिगी बीआरआई, एमसिसी र भारतीय नक्साका विषयले उठान गरिदिएको छ । राष्ट्रिय विषयमा नेपाली समाज र चेतनशील बर्ग किन एकताबद्ध हुनसकेनन् ? यही कमजोरीमा उनीहरूले खेल्नेछन् । नेपाल र नेपालीका लागि विदेशी हस्तक्षेप र सरकारको नादानी, असक्षमता गम्भीर संकट उत्पन्न गर्ने मुद्दा बनेका छन् । अस्थिर राजनीति बिस्फोटक बनिसकेको छ, होस गरौं ।