Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

एयरपोर्टमा रूवावासी हेर

१२ शुक्रबार , आश्विन २०८०एक बर्ष अगाडि

एयरपोर्टमा रूवावासी हेर

काठमाडौं । सन्तान विदेश जानलाग्दा बिदाई गर्न जानेको रूवाबासी सुनिसाध्य छैन । रोजगारी र अध्ययनका लागि विदेश जानेको लर्को दिनदिनै बढ्दै गएको छ । वर्षदिनमा ९ लाख युवा यसरी विदेशीने क्रम रोकिएन भने केही वर्षमा नेपाल बुढाबुढी र बालबालिकाको देश बन्नपुग्नेछ । हो, सत्ताधारी र राजनीतिक अपराधिकरण गर्नेका लागि स्वर्ग होला तर नेपालको अस्तित्व के होला ?
यति कहालीलाग्दो दृश्य सरकारले कसरी हेरेर बस्न सकेको होला ? संसद र सरकारले सुनेन, राष्ट्रपतिले यो विषयमा संसद, सांसद र सरकारको ध्यानाकर्षण गर्नु पर्छ कि पर्दैन ? विदेशीएकाहरूजुनसुकै जुक्ति लगाएर विदेशमै बस्ने प्रयास गर्छन् । जो रोजगारी र अन्य उपायले बस्नै नसक्ने हुन्छन्, तिनीहरूमात्र केही वर्षपछि फर्कने गरेका छन् । अर्थात् अत्यधिक विदेश जान्छन्, न्यून फर्कन्छन् ।