शब्दकोषबाट ‘ॐ’ हटाएको किन ? भाषाशास्त्रीहरूवीच ठूलै बबालको विषय बनेको छ । ॐ अक्षर शब्दकोषबाट किन हटाउनु परेको हो ? यस विषयमा सर्वोच्च अदालतमा ७ वर्ष अघि नै मुद्दा परेको थियो, अहिले आएर अदालतले एमिकस क्यूरी गठन गर्न आदेश दिएको छ ।
ॐजस्ता शब्द पाठ्यक्रमबाट हटाउने निर्णय २०६९ मा शिक्षा मन्त्रालयले गरेको रहेछ । प्रज्ञा प्रतिष्ठानको भाषा समिति र पाठ्यक्रम विकास केन्द्रले गरेको सिफारिसमा तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले २०६९ साउन २२ गते निर्णय गरेका रहेछन् । त्यहीअनुसार शब्दकोष प्रकाशन भएपछि शब्दकोषबाट ॐ हराएछ ।
ॐ, श्रीजस्ता संयुक्त अक्षर हटाउन सिफारिस गर्दा प्रज्ञा प्रतिष्ठानमा उपकूलपति गंगाप्रसाद उप्रेती थिए । यद्यपी उप्रेतीको यो विषयमा प्रतिवाद गरिरहेका छन् ।ु
प्रज्ञा नेपाली शब्दकोषमा ॐ शब्द किन हटाइयो भन्ने विषयमा इसाइकरणको दबाब पनि देख्न थालिएको छ ।