Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

किन असफल भयो लोकतन्त्र ?

०९ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

किन असफल भयो लोकतन्त्र ?

सुरेशकुमार पाण्डे - - - 

बल्ल देशले गणतान्त्रिक संविधान पायो । देशले यही सम्विधान पाएको पनि आठ वर्ष पूरा भइसक्यो । आम नागरिकमा पछुतो जस्तो महसुस् भएको देखिन्छ ।
अहिले धेरैजसोले राजनीतिलाई वाइपास गरेर स्वतन्त्र बस्ने योजना बनाएको देखिन्छ । कयौँ स्वतन्त्र उमेदवारहरूले आ आफ्नै बलबुतामा जित्नु उदाहरण हो । जनताको बदलिदो मनस्थिति हो ।
देशभक्त स्वतन्त्र प्रेमीहरूले आफुलाई राजनीति आन्दोलनबाट अलग राख्नु भनेको देशमा झनै भ्रष्टाचारलाई प्रोत्साहन दिनु हो । त्यो मात्र होइन देशभित्र पुनः निरंकूशतालाई जन्मिने हुर्किने आधार बनाउनु हो । धरातल बनाइदिनु हो ।
बिडम्वना भन्नुपर्छ आज हाम्रो समाज तीब्र रूपमा त्यही मार्गमा हिंडेको छ । त्यसको पछाडी कयौं कारण हुनसक्छन् तर एउटा प्रमुख कारण राजनीतिक आन्दोलनमा देखापरेको भ्रष्टचार पनि हो । संविधानमा सबैलाई सम्बोधन हुन नसके पनि संविधान संसोधन गरेर जनताका हितका नियम प्रावधानहरू समावेस गर्न सकिन्छ ।
२०४६साल भन्दापहिले जनताले निरंकूश तन्त्रबाट निकास खोजेकाथिए । २००७सालमा राणा साशनको अन्त्य पछि पनि त्यो वेलासम्म जनताको अधिकार कुण्ठित भएको थियो । परिवर्तन भयो तर परिवर्तन पछि के पाए जनताले ?
पछि जब संविधान निर्माण भयो । अहिलेसम्म आएका संविधानहरू भन्दा अहिले २०७२ अश्विन ३ गते बनेको सम्विधान मौलिक रूपमा नै प्रगतिशील छ । तर त्यो संविधानले जनताको अरू अधिकारलाई समेट्नुको साटो देशलाई बिखण्डन गर्ने खालको संघीयतालाई गणतन्त्र सँगै जन्मायो । गणतन्त्रले राजनीतिक भ्रष्टाचार र अपराधिकरण सुरू भयो । बिदेशीको इसारामा संघीयता ल्याउँदाको परिणाम ।
त्यो भन्दा पहिले देशमा आमूल परिवर्तन गर्न कम्मर कस्नेहरूको जमात नै थियो ।क्रान्ति भनेको भोक सोक र चोटले जन्माउने गर्छ । देशमा भएका थुप्रो बेरोजगारहरूको झुण्ड विदेशीन थालेका छन्, यो अतासलाग्दो छ ।
अब देशभित्र बिभिन्न पार्टिमा लागेर एकले आर्का सँग लड्ने बाहेक कोही जगेडा छन् भने ति महिंला र वृद्धाहरू वा बालबालिकाहरू मात्रैछन् ।उनिहरूले मन् दुखाएर सरकारलाई गालि त गर्लान तर अरू केही गर्न सक्दैनन् ।
देशभित्र बिरोधका लागि बिरोध र समर्थनका लागि समर्थन गर्ने र सत्ता साझेदारी गरेर ऐयासी गर्ने बाहेक कुनै पनि बिकासको कार्य नभयपछि । आम व्यक्तिमा राजनीतिक पार्टीहरू प्रतिको घृणा बढ्दै गएको छ ।
अब त्यो पुरानो क्रान्तिकारी स्पृट सजिलरी निर्माण हुने सम्भावना छैन् ।जो मानिसले क्रन्तिको लागी कुनै राजनीतिक आन्दोलनमा होमियो ।त्यो अहिले आफ्नै नेताहरूको आचरण देखेर राजनीतिक आन्दोलनबाट तटस्थ हुन खोजेका छन् ।उनिहरूलाई थाहाछैन त्यो बाटो सहि हो वा गलत ।मात्र त्यो राजनीतिक आन्दोलनबाट पिछा छुडाउँन चाहान्छन् ।आखिर राजनीतिक भ्रष्टाचार केहो?
सबैभन्दा ठुलो आफ्नै कार्यक्रताको आर्थिक भौतिक दोहन, अरूले जनतालाई ठग्यो भन्दै आफुले ठग्ने । सरकार भित्र पुगेपछि बिदेशीको एजेन्ट बनेर कमिसनमा देशको सार्वभौमिक्ता समेतमा खेलचारी र सौदावाजी गर्ने । देश घाती जनघाती गर्ने व्यबहार नै भ्रष्टाचार हो । अहिले सरकारले साधारण लाहुरेलाई एक सए रूपियाँ बराबरको समान बाहेक अरूमा कर लगायो ।तर एक कोइन्टल सुनको तस्कर आराम सँग भयो । मानव तस्कर ,चेलिबेटीहरूको बेचबिखान,भ्रष्टाचारी र अप्राधीलाई अनमुक्ती दिने व्यवहार भ्रष्टाचार होइन र ?
सडकमा असमान सन्धि सम्झौताको बिरोधमा जन समर्थन जुटाएर संसदमा पुग्ने र त्यो सबै भुलेर भ्रष्टाचारमा सलङ्गन हुने । हिजो जस्ले हात्ती छापले काम चलाएकाथिए आज उनिहरू चिल्ला कारमा गुड्छन् । त्यो सबैजसो पार्टिको ओटमा माथिल्ला कार्यक्रताको जी हजूरी गरेर स्थानिय लेबलमा भूमाफियाको कार्यमा सलङ्गन भएका व्यक्तिहरू हुँन । पार्टीलाई दान दिएपछि जनतालाई जति लुटेपनि पार्टिले जोगाउँछ भन्ने विस्वास पालेका पात्र नै भ्रष्टाचारका जननी हुन् ।
उस्तै पार्टीको काम गर्न झोला बोकेकाहरू उनैको अधारमा आफ्नो क्यरियर बनाउँने दाउमा ति भूमाफिया मजदुरका लुटेराहरूलाई सहयोग र सिफारिस पुराएका हुन्छन् । परिश्रम नगर्ने स्वास्थ ब्यक्ती भ्रष्टाचारी हो ।
एउटा क्रन्तिकारी पार्टिले पेसेवर कार्यक्रता किन जन्माउँछ ? त्यसबारेमा हामी गम्भिर बन्नुपर्छ । क्रान्ति भनेको दृघाकालिन संघर्ष हो । उस्ले जन्माएका कार्यक्रता क्रान्तिका खम्बा हुन्छन् । उनिहरू पेसाको होइन क्रान्तिको लागि पेसेवर हुन्छन् । जस्ले आफ्नो वर्ग सँग नङ् र मासुको सम्वन्ध राख्न सक्छ । तर अहिले जस्ले पार्टिको झोला बोकेको हुन्छ । त्यो व्यक्तिले आलोचना कर्तालाई दुश्मनको लिष्टमा राखेको हुन्छ । अहिले सैद्धान्तिक आवरणभित्र क्यारिरिष्ट खेल हुँदैआएको देखिन्छ ।
केही वर्ष पहिले सबै राजनीतिक पार्टीको मिलन केन्द्र बनेको सम्विधान सभाको निर्वाचन नै हो । संविधान बनिसकेपछि त्यसलाई कार्यरूप पनि त सबै पार्टि मिलेर गर्नुपर्दथ्यो ।सबैको मर्म नसमेटिएपनि शान्तिपूर्वक आन्दोलन गरेर नियम बनाउन दवाब सिर्जना गर्नु पर्दथ्यो । राजमोले सुरू देखि संघीयताको बिरोध गर्दै जनचेतना स्तर उठाउँदै आयो ।तर त्यस्तै प्रकारले अरूले गर्न सकिनन् । कसैले संविधानमा आगो लगाए,झण्डा पोलेर निम्नस्तरको अराजक बने । समय एकनासको हुँदैन् ।जनताले पर्वासमा पनि देशभित्रको आमूलपरिवर्तनको लागि ठुला ठुला त्यागहरू गर्दै आएका थिए । कुनैवेला एउटा नोकरी गरेपछि आर्को काम गर्दा संगठनको काम गर्न गारोपर्छ भनेर ।दुइटा काम गर्नेहरूको आलोचना हुन्थ्यो । तर अहिले त्यस्तो अबस्था नै छैन् । त्यसको ठिक उल्टो भएको छ । काम पछि कुनै बसका ठेकेदार छन्, कुनैले प्रोपटी डिलर छ । जुनसुकै पार्टिमा पनि धन् बटुल्ने खेल भइरहेछ ।
हिजोको हात्थिछाप आज कारमा गुड्छ भने उस्को व्यक्तिगत जिवनमा त आमूलपरिवर्तन भैसक्यो ।उसलाई किन क्रान्ति चाहियो ।तर भूमिहिन किसान,गिट्टि कुटेर प्रराण धान्ने श्रमजीवीहरूलाई क्रान्ति चाहिएको छ । तर त्यो वर्ग अहिलेपनि ओजेलमा परेको छ । त्यसकारण यो दृघाकालिन योजना हो । जनतालाई चर्का नारा लगाएर उक्साएर रगतको खोलो बगाएर मात्रै क्रान्ति हुनेछैन् । यही जनतामा भ्रम सिर्जना गर्दै आएका छन् । त्यसैको परिणाम आज धेरैजसो कम्युनिष्ट पार्टिका कार्यकर्ता र नेताले कम्युनिष्टको सिद्धान्तलाई परिमार्जित गर्न थालेको यथार्थ हो । 
जो हिंजो कम्युनिष्ट बन्न प्रयासरत थियो आज त्यो हिंदुवादी बिचारक बन्न थालेको उनिहरूको व्यवहारले प्रष्ट पारेको छ । त्यो मात्र होइन् साम्राज्यवादले फाइदा उठाएर हिंजोका हिन्दु धार्मिकलाई इसाई बनाएको छ । खास गरेर हिन्दु धर्मबाट पिडित दलितहरू इसाई धर्म अपनाएका छन् ।
संविधानमा समानता मूलक समाजवाद अनमुख उल्लेख भएर मात्रै पुग्ने रहेनछ । यसका लागि जनतालाई शिक्षित् बनाएर जानुपर्छ । देशभित्र वा बाहिर हिंजो आज तिज कार्यक्रम कम्युनिष्ट पार्टिको जनवर्गिय मोर्चाहरू जुन रूपमा भब्यताका साथ मनाएका छन् । जस्मा हजारौं महिला जुटेका छन् । त्यो के हो ? कम्युनिष्टको पराजित हो र हिन्दुवादी संस्कारको विजय हो ? यदी त्यो होइन भने अन्तरराष्ट्रिय श्रमिक महिंला दिवस पनि यो भन्दा भब्य हुनुपर्छ । तर त्यो हुनसक्ने अबस्था छैन् । 
कुनैपनि क्रान्ति चाहाने व्यक्तिले भित्रको मयल सकि नसकी सफा गर्ने प्रयात्न गर्छ तर संगठनलाई तहस नहस पार्ने प्रयात्न गर्दैगर्दैन् । हामि सबैको एउटै चाहाना एउटै उदेश्य हो भने हामि बिना सर्त मिलेर जान सक्नुपर्छ । र जनताले बनाएको सम्विधान लाई सङ्घियता जस्ता बिसङ्गती हटाएर कार्यन्वयन गरेर जान सक्नुपर्छ ।