Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

समाजवादी मोर्चा तात्यो, सेलायो

०२ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

समाजवादी मोर्चा तात्यो, सेलायो

गत असार ४ गते विप्लवसमेत सहभागी भएर बनेको समाजवादी मोर्चा इतिहासको आवश्यकता भनियो तर यो मोर्चा जुन तरिकाले तातेको थियो, बिस्तारै सेलाउँदै गएको अनुभूति गर्न थालिएको छ ।
यहाँसम्म कि मोर्चामा समाहित भएका विप्लवले सत्तारूढ माओवादीले भदौ १३ गतेदेखि कार्यान्वयनमा ल्याएको एमसीसीको बिरोधमा ७ जिल्लामा बिरोध सुरू गरेको छ । अर्थात् मोर्चामा धाँजा पर्न थालेको देखिन्छ ।
असार ४ गते विप्लवले भनेका थिए– ‘माओवादी मोर्चा हुँदै सबै कम्युनिस्टलाई एकताबद्ध गर्ने हाम्रो प्रयास जारी रहन्छ, समाजवादी मोर्चा आफ्नो लक्ष्यमा पुग्न प्रतिबद्ध छ ।’ एमसीसी कार्यान्वयनका कारण विप्लव सन्तुष्ट छैनन् । त्यसदिन प्रचण्डले जसपाअध्यक्षलाई समेत कमरेड भनेका थिए । गौर हत्याकाण्ड सामसुम पारिएपछि उनी खुशी छन् । ललिता निवास प्रकरणमा माधव नेपाल चोखिएपछि उनी पनि प्रचण्डसँग खुशी देखिन्छन् ।
समाजवादी मोर्चामा शंका उपशंका केही छैन भनिए पनि भित्रभित्रै अनेक संशय उत्पन्न भएको छ । चारदलीय समाजवादी मोर्चा, नेपालमा अनेक आशंकाहरू बढ्दै गएको र मोर्चा नाममात्रको रहेको बताइन्छ । असार ४ पछिको ३ महिनाको अवधिमा मोर्चामा कुनै तात्वीक सक्रियता केही पनि देखिएको छैन । नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा (विप्लव) ले निकै गर्मजोशीका साथ घोषणापत्रमा सही गरे पनि सही गरेपछिका दिनमा घोषणापत्र थन्क्याउने विषय बनेको देखिन्छ । यो मोर्चाले नतिजा नदिने विश्लेषण हुँदैछ ।