Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

जनता राप्रपातिर

०२ मंगलबार , आश्विन २०८०१० महिना अगाडि

जनता राप्रपातिर

काठमाडौं । राप्रपा र राप्रपा नेपालले सडकमा जनता उतारेका छन् । ०६३ सालपछि निकै आलोचित बनेको राप्रपा र राप्रपा नेपालतिर जनआकर्षण बढ्न थालेको छ । स्थापित दलहरूले राम्रो काम गर्न नसकेकाले जनतामा नैराश्यता बढेको र राप्रपा र अन्य नयाँ दलतिर जनसहभागिता बढ्न थालेको नेता झलनाथ खनालले पनि स्वीकार गरेका छन् । यस्ता दलको भविष्य छैन भनेर जतिसुकै आलोचना गरे पनि बढ्दो जनसहभागिताले आगामी निर्वाचनमा स्थापित दलहरूको हैसियत देखिने त होइन  भन्ने प्रश्न विश्लेषण हुन थालेको छ ।