Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

काजीको खरो टिप्पणी, तीतो सत्य

२७ बुधबार , भाद्र २०८०१० महिना अगाडि

काजीको खरो टिप्पणी, तीतो सत्य

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै पार्टीनेताहरूको विषयमा खरो टिप्पणी, तीतो सत्य अभिव्यक्ति दिएका छन् । काजीले भनेका छन्– माओवादी नेताहरूको आफ्नो पैतृक सम्पत्ति त्यत्ति देखिएको छैन । पार्टीले नेताहरूलाई पैसा दिएको पनि छैन । दिनसक्ने पार्टीको क्षमता पनि छैन । नेतालाई सुख र बिलाशी जीवन बिताउन कसैलाई पैसा दिएको पनि छैन । नेताहरूले काम गरेको, कुनै उद्योग–व्यवसाय गरेको पनि देखिदैन ।
फेरि नेताहरू कुन स्रोतबाट आलिसान भवनमा बसरी बसिरहेका छन् भन्ने स्वभाविक प्रश्न उठेको छ । यसबाट थाहा हुन्छ हाम्राभित्र पनि भ्रष्टीकरण बढ्दै गएको छ । यो सत्य हो, लुकाएर लुक्दैन, यो प्रवृत्तिलाई सच्याउनै पर्छ । नेता सच्चिनै पर्छ ।