Advertisement Banner
Advertisement Banner

१४ सोमबार, जेठ २०८१17th April 2024, 11:33:48 am

हामी सागपातसरह बाचिरहेछौं

२६ मंगलबार , भाद्र २०८०९ महिना अगाडि

हामी सागपातसरह बाचिरहेछौं

टिप्पणी - हरेक दिन हजारौं युवा, दक्ष अदक्ष जनशक्ति विदेशीने क्रम रोकिएको छैन । होनहार देशभक्त भन्छन्– आफ्नो सन्तानलाई एयरपोर्टमा बिदाई गर्न जानुपर्छ, नजाउ भन्न सकिएन । भन्नुको अर्थ विदेशीने भीडले देशमा भविष्य देख्न छाडे । हरेक व्यक्ति विदेशीने र उतै बस्न थालेका छन् । यस्तो अन्धकार देशको भविष्य कोर्ने राजनीति खोई ?
नेपालले अहिलेको अवस्थामा मान र सम्मान पाउने कुनै सम्भावना छैन । हाम्रो देशको स्वतन्त्रता र सार्वभौम अधिकार थोरैमात्र वचेको छ । नेपाल लाई फलानो सम्मेलनमा वोलाएन ढिलानो सम्मेलनमा वोलाएन भनी सोच्नु वेकार छ । अमेरिकाले विगतमा गरेको जलवायु सम्वन्धि विश्व सम्मेलनमा भुटानलाई वोलाईयो तर नेपाललाई वोलाईएन । जवकि दुई तिहाइ हिमाल हामीकहाँ पर्दछ जसको प्रभाव विश्वको जलवायुमा पर्दछ । किन वोलाईएन भन्ने जवाफ हामी सँगै छ । देशको स्वतन्त्रता र सार्वभौम अधिकार प्राय झण्डै सिध्दिएको अवस्थामा, जनताबाट चुनिएको नाममा देश र जनताप्रति कुनै सम्मेदनशिलता नभएको र समग्र नेपाल नै नेपालीको हातवाट प्रायः गैसकेको अवस्थामा तिरस्कृत हुने बाहेक मान्यता पाउने आधार नै छैन । हामीभन्दा सानो हैसियत र शक्ति भएको देशले पनि विश्वमा आफ्नो स्थान वनाएको छ । भुटानकै कुरा गर्नुस् । यो देश हामी भन्दा सुरक्षित र आफुवाट शासित छ । आकार र भूमिको हिसावले आज पनि नेपाल मध्यम खालको देशमा पर्दछ तर हाम्रो आर्थिक अवस्था गरिव भन्दा गरिव देशको भन्दा पनि कमजोर अवस्थामा छ । गोर्खाली कमान्डरहरूको जवाहारातको रूपमा परिचित हस्तिदलले नेपाल –अग्रेजको युद्धको वेला नेपाली फौजले समातेर बन्दी वनाएको र सेनाले मार्नै लागेको क्याप्टेन हेयर से लाई मुक्त गर्दै ज्यान वक्सिस दिदै रिहा गर्नु अगाडि भने “भाडाका मान्छेहरूले कुनै उदेश्यको लागि ज्यान दिदैनन्“ ( ज्ष्चभम mभल मय लयत नष्खभ तजभष्च ष्खिभक ायच ब अबगकभ ) आज हामी कस्ता मानिसहरूको अधिनमा छौ । हाम्रो राष्टको विनासको लागि विगत र वर्तमानमा शासकहरूले के गरे त्यो त हाम्रो ईतिहास र परिस्थितिले भन्छ । मुख आँ गरेर वसेको देशले वोलाएन भनेर चर्चा गर्नु  हिनता हो । देशलाई कसरी बचाउने तिर नसोच्ने हो र नेपाली एकताबद्ध भएर वलियो नहुने हो भने भगवानले पनि हामीलाई बचाउन सक्दैनन् । मृत्युु त मर्नु नै छ तर प्रत्येक पल मर्दै जानु र त्यसलाई अनुभव नगर्ने मानिस धर्तिको लागि पनि वोझ हो । त्यस्तालाई मनुष्य भन्न सकिन्न । वास्तवमा भन्ने हो भने आज हामी मनुष्य भएर बाँचिरहेका छैनौं मात्र सागपात (खभनभतबदभि) सरह वाचिरहेछौ ।