Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

धार्मिक र पहिचानको डढेलोको खतरा

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

धार्मिक र पहिचानको डढेलोको खतरा

भारतको अतिक्रमण रोक्ने चुनौती । भारतले नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो नक्सामा मिसाइसक्यो, ती नेपाली भूमि नेपालको हकभोगमा ल्याउनु पर्ने चुनौती, इसाई र सत्ताधारीले गाई गोरू काटेर भोज लगाएको र सनातनी हिन्दुत्व जोगाउने चुनौती, सत्ताधारीले इसाई, उत्तर दक्षिणतिर लागेर सत्तास्वार्थमात्र हेरेकाले राष्ट्रियता बचाउने चुनौती, संसदको अधिकार न्यायालयले, न्यायालयमा राजनीतिकरण हावी भइसकेकोले रोक्ने चुनौती । अर्थात नेपालमाथि राजनीतिक र कूटनीतिक संकट नै संकट छ । बहुजातीय, बहुभाषिक मुलुकबासी मिलेर बसेका थिए, तिनलाई एकादोस्राप्रति लडाउने र भिडाउने षडयन्त्र रोक्ने सबैभन्दा ठूलो चुनौती छ । विदेशी चलखेल गरिरहेका छन्, नेपाली भूमि विश्वशक्तिको परेडमैदान बनेको छ । नेपालीत्व कसरी जोगाउने, यो झन ठूलो चुनौती छ । यी चुनौतीका पहाड खडा गरेको यही पद्धतिका सञ्चालक नेतृत्वले हो । गैरजिम्मेवार प्रशासकहरूले हो । नेता र प्रशासक त विदेशीको ग्रिनकार्ड लिएर बसेका छन्, विदेशतिरै लाग्नेछन् । पीडा र छटपटी नागरिकले भोग्नुपर्ने छ । यसकारण अब पनि जनता जागेनन् भनेर मर्ने देश र जनता नै हुन् । हेक्का रहोस् ।