Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

गाई गोरू हत्याबिरूद्धको सद्भाव ¥याली

१२ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

गाई गोरू हत्याबिरूद्धको सद्भाव ¥याली

नेपालमा धार्मिक द्वन्द्व बढाउने उत्तेजित र  असंवैधानिक गतिविधि किन भए, कसले ग¥यो ? यो गम्भीर प्रश्न हो ।
धरानमा गोरू काटेर भोज लगाउने र पहिचानको आधारमा संघीयता ल्याउनेहरूका बिरूद्ध एकपल्ट फेरि सनातनीहरू एकजुट भएका छन् । गौ हत्या विरोधी र गाईगोरू काट्न खान पाउनुपर्छ भन्नेहरूको एकैदिन प्रदर्शन हुनेभएपछि सरकारले निषेधाज्ञा लगायो । यद्यपि यति ठूलो सद्भाव ¥याली निस्क्यो । रहेछन् त सनातनी हिन्दुवादीहरू । हिन्दुवादी लड्न होइन, मिलेर अघि बढ्न खोजेका छन् ।
संविधानमा धर्मनिरपेक्षता लेखिएको यतिका वर्षसम्म पनि हिन्दू धर्म, हिन्दुराष्ट्रका पक्षमा यति ठूलो सनातनी जमघट भएकै थिएन । अब बेला भएन र संविधान लेख्दाका बखत जनताले संविधानमा हिन्दुराष्ट्र लेखिनुपर्छ भनेर बुझाएको सुझावका पोकाहरू खोल्ने ? यसैगरी दबाब दिने हो भने ती पोका खोलिन्छन् ।