काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्रीको निवेदन स्वीकृत गरेपछि भदौ ३० गते प्रम प्रचण्ड राष्ट्रसंघको ७८औं बैठकलाई संवोधन गर्न अमेरिका जाने, अमेरिकी राष्ट्रपति जो वाइडेन र उहाँका सहयोगीहरूसँग भेटवार्ता गर्ने, साइडलाइनमा सार्कका विदेशमन्त्रीहरूसँग वार्ता गर्ने भएका छन् । प्रवक्ता सेवा लम्सालका अनुसार ‘हाम्रो मुलुकको कार्यप्रगतिको समीक्षा, क्लाइमेट एम्बिसन समिट, फाइनान्सिङ डेभलपेन्ट, जलवायु परिवर्तन, एलडीसीको अध्यक्षतामा बैठक सञ्चालन गर्नेलगायत दर्जनौं कार्यक्रममा सहभागी जनाउने तयारी छ । प्रम प्रचण्डले असोज ३ गते महासभालाई संवोधन गर्ने कार्यसूची छ ।’
अमेरिकाबाट प्रधानमन्त्री चीन जानेछन् भने असोज ५ देखि ७ गतेसम्म चीनको भ्रमण हुनेछ । राष्ट्रपति सी चिनफिङसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रम प्रचण्डले अघिल्लो पुस १० मा र गत जेठ १७–२० गने भारतको औपचारिक भ्रमण गरेका थिए । भारतपछि अमेरिका र त्यसपछि मात्र चीन जानुले नेपालको कूटनीति कमजोरी भएको त होइन ? भन्ने बहस छेडिएको छ । यद्यपि चीन आफ्नो बिआरआई कार्यान्वयनमा केन्द्रित देखिन्छ ।