Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

वसुधैव कुटुम्बकम्को नाममा सिंहमय जयते

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

वसुधैव कुटुम्बकम्को नाममा सिंहमय जयते

काठमाडौं । भारतको संसद भवनमा लेखिएको छ वसुधैव कुटुम्बकम् अर्थात धर्ती नै एक परिवार हो । भारतको निसान छाप छ, सिंहको फोटो र फोटो मुनी लेखिएको छ सत्यमेव जयते । तर भारतको विधि व्यवहार बाहुबली र सिंहमय जयतेजस्तो देखिन्छ । कम्तिमा नेपालका सन्दर्भमा भारतले जुन प्रकृतिको नीति व्यवहार गर्दै आएको छ, त्यो कटु आलोच्य रहेको छ ।
भारत उदीयमान पाँचौं आर्थिक र सामरिक शक्ति हो । भारतको प्रतिस्पर्धा चीनसँग छ । ५ वर्षमा तेस्रो हुने भारतको योजना छ । जनसंख्याका कारण पहिलो, सैन्यबलका कारण चौथो शक्ति राष्ट्र भारत भदौ २४ र २५ गते जी २० समूहको १९ देश र युरोपेली संघको प्रतिनिधित्व सहित १८औं सम्मेलनको दिल्लीमा अध्यक्षता गर्दैछ । सहभागीमध्ये अमेरिका, क्यानडा, जर्मनी, फ्रान्स, बेलायत, इटली र जापान मुख्य हुन् भने त्यसपछि उदीयमान अर्थतन्त्र भएका मुलुककोः अर्जेण्टिना, अष्ट्रेलिया, ब्राजिल, चीन, भारत, इण्डोनेसिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की छन् । यसपछि युरोपेली संघको स्थान रहने छ । २००८ मा गठन भएको जी २० को उद्देश्य विश्व अर्थतन्त्रलाई समृद्धितर्फ लैजानु हो ।
जी २० ले उदार चरित्र भएकाहरूले सारा संसारलाई नै आफन्त ठान्दछन् भन्ने ‘हितोपदेश’ बाट लिइएको छ । वसुधैव कुटुम्बकम आदर्श वाक्य राखिएको छ । जी २० सम्मेलनमा केही देशलाई अतिथिको रुपमा निम्त्याइन्छ । यसपल्ट बंगलादेश, यूएई, इजिप्ट, मोरिसस्, नेदरल्याण्डस्, नाइजेरिया, ओमान र सिङ्गापुर परेका छन् । प्रश्न छ– नेपाललाई किन निम्त्याइएन । नेपालसँग निकट सम्बन्ध रहेको भारत, जेठ १७ गते नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेर प्रम मोदीसँग मित्रता घनिष्ट बनाएको प्रचार भएको थियो, तर भारतले वसुधैव कुटुम्बकममा नेपाललाई पन्छायो किन ? स्मरणीय छ, अष्ट्रलियामा भएको २०१४ को सम्मेलनको सन्दर्भमा टर्कीका प्रधानमन्त्रीले एक विश्वविद्यालयमा बोल्दा अध्यात्मको केन्द्र नेपाललाई कसरी अल्पविकसित राष्ट्र भन्न मिल्छ ?
१० दलीय सरकार, संसद, परराष्ट्र कति सक्षम, सवल रहेछ ।