Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जनतालाई के जवाफ दिऊँ ?

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

जनतालाई के जवाफ दिऊँ ?

शेखर कोइरालालाई पीडा भएछ, उनले प्वाक्क भनिहाले ः देशको अवस्था हेर्दा आँसु आउँछ, दिक्क लाग्छ, जनतालाई के जवाफ दिऊँ ?
कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको यो अभिव्यक्तिजस्तै अन्य जनप्रतिनिधिका लागि पनि यो यक्ष प्रश्न हो । तर गम्भीर कोही देखिदैनन् । सबैको शीरमा सत्ता र शक्तिको भूत सवार देखिन्छ ।
वरिष्ठ अधिवक्ता श्रीहरी अर्यालको निवासमा भएको बुद्धिजीवीहरूसँग को नियमित छलफलमा शेखर कोइरालाको दिक्दारी प्रकट भएको हो ।
शेखरले भनेछन्– न त हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हे¥यो भताभुङ्ग र लथालिङ्ग छ । एउटा काण्ड आउँछ त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ अनि अर्को काण्ड आउँछ, त्यो पनि तुहिन्छ ।  नेपाल तस्करीको अखडा भइसक्यो । अन्तर्राष्ट्रिय समुदायमा नेपालको साख गिरिसक्यो । महँगी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघिसक्यो, भूराजनीति चौपटमा परेको छ, सरकारले एकपछि अर्को अलोकप्रिय निर्णय गर्दै जाँदा कांग्रेस यो सरकारमा बसिरहन नहुने अवस्था छ । जनताले सोध्छन्, जनतालाई के भनेर जवाफ नै हुँदैन ।
यस्तो अवस्थामा बुद्धिजीवीहरुले सरकारलाई खबरदारी गर्नुपर्ने हो ।