Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

०७९ को रुख, ०८४ मा के होला ?

०५ मंगलबार , भाद्र २०८०एक बर्ष अगाडि

०७९ को रुख, ०८४ मा के होला ?

काठमाडौं । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति दिएर माओवादी सत्तामा उक्लेपछि भएको तनहुँको उपनिर्वाचनमा युवाले रुख यसरी उखेले । रास्वपाका स्वर्णिम वाग्लेलाई उपनिर्वाचन जिताए । तनहुँमा भनिन्छ– अब कांग्रेसको रुख उखेलियो, ०८४ मा कांग्रेसको नराम्रो परिणाम देखिनेछ । हुन त माओवादीलाई बोकेर कांग्रेस प्रजातन्त्रबाट जनवादमा पुग्न सक्दैन, भएको प्रजातान्त्रिक आधार र लोकप्रियता पनि समाप्ति पार्दैछ । कांग्रेस जनवादी, सर्वहारावादीलाई पिठ्यूँमा बोकेर पुग्ला कहाँ, यो जान्नका लागि ०८४ को चुनाव कुर्नैपर्छ ।
बालेन साहको प्यारोडी
काठमाडौं । वालेन साह काठमाडौं महानगरका निर्वाचित मेयर । उनी पटक पटक चर्चामा आइरहन्छन्, यसपल्ट उनले सामाजिक सञ्जालमा प्यारोडी पोष्ट गरेर चर्चित बनेका छन् ।
आरजू नीर पुगेपछि शरणार्थी काण्ड रोकियो ! माकुने र बाबुराम नै देखिएपछि ललिता निवास कान्ड सकियो । महरा, बर्षमान र नन्दकिशोर पुन देखिएपछि सुनकाण्ड छेकियो ! 
उपेन्द्र नै देखिएपछि गौरकाण्ड मिलियो ! गिरीबन्धु टी काण्डमा केपीओली नै आउने पक्का छ, त्यसैले ३ टाउके मिलेपछी सबै कान्डको मिलान भयो ।
वालेन साहको प्यारोडी र सत्ता र प्रतिपक्षीको राजनीतिक खिचलो मिलेको देखिन्छ । भ्रष्टाचार काण्डको छानबिन र संसदको बेहालले प्यारोडी चर्चामा छ ।