बरिष्ठ नेता झलनाथ खनालले किटान गरेरै स्थायी समितिमै भनि दिएका छन्– बर्गशत्रु कांग्रेस हो । ७० वर्षमा नभेटिएको बर्गशत्रु वामनेता झलनाथ खनालले भेट्टाइदिएका छन् । अचम्म त के छ भने उनको पार्टी सत्तामा छ, नेपाली कांग्रेससँगै सहकार्यका साथ छ । बर्गशत्रु भए बर्गसत्रुसँग सत्ताको साझेदारी बुझ्न सकिन्न । यद्यपि प्रम प्रचण्डले कांग्रेसकै सहमतिमा ललिता निवासमा मुछिएका माधव नेपालको छानबिन नगर्ने निर्णय गरिदिएपछि पनि कांग्रेस कम्युनिष्टको कसरी बर्ग शत्रु भएछ होला ?