Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भाजपाका नेताहरूको गोप्य नेपाल भ्रमण किन ?

३१ बुधबार , श्रावण २०८०एक बर्ष अगाडि

भाजपाका नेताहरूको गोप्य नेपाल भ्रमण किन ?

भाजपाका अध्यक्ष जेपी नड्डा, विदेश मन्त्रालयका अधिकारी मदनलाल राइगर, भाष्करण र विश्वहिन्दु परिषदका अन्तर्राष्ट्रिय महासचिव मिलिन्द पाण्डेसहितले गोप्य नेपाल भ्रमण गरेर फर्केका छन् । उनीहरु फर्केको लगत्तै प्रम प्रचण्डले अमेरिका र अमेरिकाबाटै चीन भ्रमणको तालिका सम्पादकहरुमार्फत सार्वजनिक गरेका छन् ।
स्रोतका अनुसार उनीहरु नेपाल एयरबाट आएर एयर इण्डियााबट फर्केका थिए ।
उनीहरु किन आए, कसलाई भेटे र गोप्य रुपमा आएर गोप्य रुपमै किन फर्किए भारतीय दूतावास वा नेपाल सरकारले मुख खोलेको छैन ।
नेपालको राजनीति तरल रहेको, अनेक काण्डमा संसद अवरुद्ध भइरहेको स्थितिमा यसरी विदेशीको गोप्य भ्रमणले अनेक आशंकाहरु उब्जाएका छन् । प्रचण्डको जेठ १७ को भारत भ्रमण, लगत्तै पम्फा भुसालको भारत भ्रमणपछि भारतीय उच्चस्तरीय नेताको नेपाल भ्रमण र यसको लगत्तै प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको तालिका सार्वजनिक हुनु अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्रीले गौर हत्याकाण्डका दोषीलाई कारवाही गर्छु, अनुसन्धान गराउँछु भनेर गरेको कबुल सत्ता गठबन्धनको बैठकबाट खारेज गराएका छन् । उपेन्द्र यादवले आफूलाई टार्गेट गरिए सत्ता गठबन्धन छाड्ने चेतावनी दिएपछि प्रचण्ड भारतीय दबाबमा आफूले गरेको कबुल तोड्न पुगेको बताइन्छ । अब गौर हत्याकाण्डको फाइल नखुल्ने पक्का भएको छ । तर आफ्नालाई बचाउँदै हिडेको सरकारले प्रतिपक्षीलाई फसाउने अनेक फाइल खोल्ने संकेत दिएका छन् ।
सत्ताको दिल्ली कनेक्शन कति बलियो रहेछ ? नेपालको सत्ता राजनीतिलाई कति मिहिन तरिकाले अध्ययन गरिहेको छ भन्ने यो घटनाले स्पष्ट भएको छ ।