Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

झुत्री मैली भए पनि आमा त आमा नै हुन्

२५ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

झुत्री मैली भए पनि आमा त आमा नै हुन्

पहिले ‘गुजस्तो देश’ लेखिन् यिनले । शीर्षकमा निकै आलोचना भयो, त्यसपछि शीर्षक फेरियो– ‘यस्तो पनि देश ?’
विश्लेषण गज्जब छ, लेखनी राम्रो छ । तर आमालाई गाली गर्नु कसैका लागि पनि पाच्य विषय होइन । देश थियो र यिनी नेपाली छिन् । देश छ र हामी नेपाली छौं । कोही विदेश पुग्यो, ठूलो विश्वविद्यालयमा पढ्ने अवसर पाए भन्दैमा देशलाई गाली गर्ने छुट हुन्छ र ?
यिनी हाँसिन्, साह्रै राम्रो हाँसो हो यो । प्रत्येक नेपालीले यसैगरी हाँस्न पाउनुपर्छ । यसका लागि विचार दिनुपर्छ, प्रेरित गर्नुपर्छ । राजनीति र प्रशासनको अपराधिकरण भयो भन्दैमा देशलाई ‘गु’ भन्नु गलत हो । बेलैमा सच्चिनु राम्रो, अन्यथा यो हाँसो ‘मृत्यु’ हाँसो हुनसक्छ ।
निर्वाणापछि बुद्धले भनेका थिए– जो निन्द्रामा हुन्छ, ऊ मृतक समान हुन्छ ।
सुतुरमुर्ग भन्ने प्राणी टाउको बालुवामुनी घुसारेर सुरक्षित छु भन्ठान्छ । त्यो प्राणी र हाम्रा राजनीतिक नेताहरू उस्तै–उस्तै छन् । दिल्लीको धोतीभित्र मुण्टो लुकाएर अधिकांश नेताहरु शासन, संसद र सत्ताका धुरन्धर खेलाडी बनेका छन् । बुद्धि फाँटका चेत प्राणीहरु पनि टाउको उठाउन छाडेर यस्तै सुतुरमुर्गे शैलीमा टाउको घुसार्न अभ्यस्त भएका छन् । लोकतन्त्रको अन्तिम यथार्थ देश र जनता हुन् । यी दुई शाश्वत शक्तिलाई आघात पु¥याएर गरिएको राजनीति अथवा विचार पनि स्थायी र शाश्वत हुनसक्दैन । यति कुरा नबुझ्नेलाई विवेकशील भन्न मिल्ला र ? जनता जागेका दिन एउटा खुट्टा नेपालमा र अर्को खुट्टा विदेशमा राखेर देशलाई घात गर्दौ आघात पु¥याउने सुतुरमुर्गहरूको मुखुण्डो उघ्रिने छ । न नेतृत्व बरदान हुन्, न यस्ता लेखनी ? यी सबै सराप हुन्, जनताले कहिलेसम्म यस्ता गाली र जालीलाई बेहोरिरहनुपर्ने हो ?