Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

गठबन्धन खुशी भएपछि विरोध हुँदैगर्छ

२३ मंगलबार , श्रावण २०८०३ बर्ष अगाडि

गठबन्धन खुशी भएपछि विरोध हुँदैगर्छ

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारकाल लामा नियुक्त भएपछि माओवादी पार्टीभित्रै पनि आलोचना सुरु भएको छ । माओवादी इतरमा त यो मुद्दाले माओवादी केन्द्र लोकतन्त्रविपरित मार्गमा हिडेको आरोप लागिरहेको छ र
प्रधानमन्त्रीको आदेशमा ल्यारकाललाई नियुक्त गर्ने पर्यटन मन्त्री सुदन किराती भन्छन्– ‘उहाँ हाम्रै पार्टी केन्द्रीय सदस्य हो, परिआएको बेहोरौंला ।’
अर्थात माओवादी भेला बैठकले पार्टीलाई पार्टीजस्तो बनाउन सातै प्रदेशमा संगठन बलियो पार्ने र सुशासन दिने प्रस्ताव पारित भएको लगत्तै माओवादीले बैंकको लकरमा बन्दुक र गोली फेला पारिएका, दोहारो नागरिकता प्रकरणमा मुछिएका, बैदेशिक रोजगारीका आरोपित, विदेशी पासपोर्ट होल्डरलाई विश्वको शान्ति क्षेत्र लुम्बिनी, बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रमा नियुक्ती दिएर ओवादी बैठकको निर्णयको कार्यान्वयन सुरु भएको रुपमा सबैले बुझेका छन् । 
माओवादी नेतृत्वको १० दलीय गठबन्धन सरकार सुशासन दिन यसरी अघि बढ्यो ।  १० दललाई समेत कतै यो नियुक्ती सार्वजनिक रुपमा बिझेको छैन । केहीले आलोचना गरे तर सरकारको समर्थन गर्न छाडेका छैनन् । 
यिनै लारक्याल लामा संविधान निर्मातासमेत बनेका थिए । सुरुमा कांग्रेस, पछि एमाले र अहिले माओवादी बनेका छन् । मन्त्रीले आफ्नै पार्टीको सदस्य भनेर सार्वजनिक रुपमा भन्दा समेत गठबन्धन सरकार खुशीसाथ सुनिरहेको छ । यसअघि राज्यमन्त्री समेत रहिसकेका लामा एमालेसँग पनि पूर्ण परिचित र माओवादी केन्द्रको केन्द्रीय सदस्य नै हुन् । उनी शक्तिबिना बस्न सक्दैनन्, शक्तिका लागि जतिसुकै चन्दा दिनसक्ने अकुत सम्पत्तिका मालिक पनि हुन् ।
लारक्याल लामालाई बधाई दिउँ । किनकि पार्टी शासनमा कसरी चल्नुपर्छ उनलाई राम्ररी थाहा छ । जतिसुकै बदनामी भए पनि ब्रिफकेशले सबै बदनामी छोपेर चोखो हुन सकिन्छ भन्ने राम्रो ज्ञान भएका व्यक्ति हुन् लामा । लुम्बिनीको विकास र शान्तिको चाहना पूरा लारक्यालबाट मात्र पूरा हुन्छ भन्ने विश्वास गठबन्धनलाई रहेको देखिन्छ ।