राजन कार्की
निर्वाणा प्राप्त गरेपछि बुद्ध प्रवचन दिइरहेका थिए । बुद्धको जीवन र जगतबारेको प्रवचन चलिरहेको थियो । प्रवचन सुन्न बसेका मध्ये एकजना जिम्मेवार मान्छे उँघिरहेको थियो, बेला बेलामा घुथ्र्यो पनि । वीच वीचमा बुद्धले बत्स सुतेका हौ ? भनेर सोध्थे, बत्स झल्यास्स हुन्थ्यो र छैन महात्मा भन्थ्यो ।
प्रवचनको अन्तमा बुद्धले फेरि सोधे– बत्स जिवित छौ । पहिलेझैं अर्धनिन्द्राबाट झस्यास्स भएर स्वभाविक रूपमा बत्सले जवाफ दियो– छैन महात्मा । उपस्थित अन्य श्रोताहरू हाँसे, बत्स झस्कियो ।
बुद्ध प्रवचन सुनिरहेका समूहतिर हेरेर मुस्कुराए, त्यसपछि अन्तिम प्रवचन सुनाउनतिर लागे– जो निन्द्रामा हुन्छ, ऊ मृतक समान हुन्छ ।
१० वर्षे जनयुद्धकालमा सर्वहाराको शासन आउने र स्वर्गको सुख भोग्न पाइने प्रवचन सुनाइयो । दिल्ली सम्झौतापछि १९ दिने जनआन्दोलनमा माओवादी र ७ दलीय राजनीतिलाई घोट्टा बनाएर जनतालाई पिलाइयो र परिवर्तनपछि नयाँ नेपालको सुख भोग्न पाइन्छ भनेर अर्को प्रवचन सुनाइयो । हामी लठ्ठ परेर सुनिरह्यौं । अन्तरिम संविधान आयो, संविधानसभाको दुईपल्ट चुनाव भयो, हामीले साथ दियौं । गणतन्त्र कार्यान्वयन गरियो, हिन्दुधर्म फालियो, ०७४ र ०७९ को आवधि निर्वाचन भयो, अब भने नेतृत्वले स्वर्गानुभूति दिने भए भनेर पटक पटक हामीले साथ दियौं ।
२०५२ देखि निदाएका हामी २०६३ साल वैशाख ११ पछि त लठ्ठै परेर निदायौं । नेताहरू नीति, निष्ठा, सिद्धान्त, चरित्र सबै परित्याग गरेर यसरी स्वेच्छाचारी बाहुबली चलाउन थालेका छन् कि न नेतृत्वले मरेको अनुभूति गरे, न हामी निदाएकाले बाँचेको अनुभूत गर्नसक्यौं । अर्थात्, नेपाल राष्ट्र मृत्युशैयामा छ जस्तो लाग्छ ।
किनभने नेतृत्व बर्ग ज्यूँदा भए उनीहरूले घोषणापत्र, प्रतिवद्धता, देखिनुपथ्र्यो । नेतृत्वतहको चरित्रहीनतामात्र देखिन्छ । विषालु फलमाथि मह दलेका पार्टीका नाराहरू साह्रै स्वादिला थिए, स्वादिला देखिन्छन्, हामी खाँदै जान्छौं र नेतृत्वको खातै खातका घातै घात भोगिरहेका छौं । तैपनि हामीमा चेत छैन, गलतलाई गलत भन्न सक्दैनौं । किनकि बुद्धले भनेझैं हामी मरे सरह बाँचिरहेका छौं । जीवन छ, जिवन्त छैनौं । लोकतन्त्र, गणतन्त्र, संसद, सरकार, नागरिक समाज, जनता सबैमा जीवन छ तर जिवन्त छैनन् । सबै मृतक समान छन् ।
अब्राहम लिंकनले भनेका थिए– “म्झयअचबअथ ष्क ब नयखभचलmभलत या तजभ उभयउभि, दथ तजभ उभयउभि, बलम ायच तजभ उभयउभि। अब्राहम लिङ्कनको विश्वविख्यात यस भनाइलाई माथ दिदैं नेपाली नेताहरूले प्रजातन्त्रलाई बदनाम गरिदिएका छन् । नेपालको लोकतन्त्र बलेके मैनबत्तीजस्तो छ, जुन बिस्तारै बिस्तारै पग्लदै सकिदै जाँदोछ ।
नेता र कर्मचारीतन्त्रले शासन प्रशासनमा लोकलज्जाको नैतिक बन्धन पनि चुँडाले । लोकलज्जा आफैमा आचारसंहिता हो । यसकारण त बेलायत बेलायत बनेको छ । नेपाल कृष्णभीरकोझैं पहिरोको थिचिदै किचिदै गएको छ । लोकलज्जा, पहिचान गुमाएको लोकतन्त्र बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने उखान बन्नपुग्यो ।
यस्तो उखानलाई विश्वास गरेर हामी मृतक बनेर बाँचिरहेका छौं ।
दिल्ली सम्झौता गरेर दिल्लीको निर्देशनमा चल्ने चलचित्रजस्तो नेपालको राजनीति । दिल्लीलाई बैतर्णी सम्झन्छन्, दिल्ली नै पुगेर सर्वहाराले गेरू बस्त्र धारण गर्छन्, प्रजातन्त्रवादी लम्पसार पर्छन्, समाजवादी तिरङ्गा भिर्छन् । तर यिनले गान्धीको भनाइ बुझ्न सकेनन् ।
गान्धी भन्थे– वीरता मनमा हुन्न, मर्नमा हुन्छ । वीरता लोक, लोकतन्त्रको, देशको इज्जत लुट्नुमा हुन्न, बचाउनुमा हुन्छ ।
राजतन्त्र फाल्यौं, हिन्दुधर्म फाल्यौं भनेर अहंकार देखाउने कुनै नेताले १८ वर्षमा जनघात र देशद्रोह गरेका अनेक घटनाक्रम छन्, देश र जनताको इज्जत बचाएको एउटा उदाहरण पनि छैन । राष्ट्रिय अस्मितासँग खेलबाड गरेर सत्ता र शक्ति आर्जन गर्नु यिनको राजनीतिक व्यवसाय बनेको छ । कृष्ण बन्नुपर्ने हाम्रा नेताहरू महाभारतमा झैं दुर्योधन, दुशासन बनेर हरेक दिन द्रौपदीको चीर हरण गरेझैं अमानवीयता देखाइरहेका छन् । लोकतन्त्रको गरिमा कहा छ, महिमा कता गयो ? यस्तो पनि लोकतन्त्र हुन्छ ?
लोकतन्त्रका नाममा देश र जनता लुटेर बाँच्नु मृत्युसरह होइन र ?
इतिहासमा एउटा घटना छ, जुन हृदयबिदारक छ । इरानमा सावाकजस्ता धूर्तलाई आँखाको ज्योति मान्दा राजा पहेलवीले देश त्याग्नुप¥यो । धूर्तहरूको मीठो र चर्को भाषणलाई विश्वास गरेर नेपालीले नेपालीत्व गुमाउने दिन नजिएको देखिन्छ । नबिर्सौं, वर्तमान कालखण्ड अन्धकार युग हो, धूर्तहरूकै कारण ।
सत्य तीतो हुन्छ, तर सत्य यही हो– लोकतन्त्रलाई लोकले नै अव सराप व्यवस्था भन्न थालेका छन् । लोकतन्त्रका चालकको दिमागमा गोबर भरिएको र मती खराव भएकाकारण, यो दुर्दिन देख्नुपरेको हो । भुलक्कड वैज्ञानिक थोमस एल्वा एडिसन लाइट बल्बका आविस्कारक हुन् । आफ्नो नाम समेत बिर्सने कस्ता बैज्ञानिक होलान् यिनी ?
आफूलाई लोकतन्त्र, गणतन्त्रका आविस्कारक भन्नेहरू संसद, सरकारमा कुहिएको अण्डा बनेर गनाउन थालेका छन् । यी आविस्कारक थिएनन्, होइनन् । यसकारण त लोकतन्त्र आएपछि नेपाल स्वर्ग बन्छ, समानता हुन्छ, सर्वहाराका लागि त बरदान नै हुनेछ भनेका थिए, बरदान आफैले लिए, सुख आफैले भोगे । देश लुटियो, आमनागरिक आँसुको धारा रोइरहे ।
आलु खाएर पेडाको धाक लगाउनु र नेपालमा लोकतन्त्र छ भन्नु उस्तै स्थिति देखियो ।
सुकरात भन्थे, अल्छी त्यो व्यक्ति हो, जसले राम्रो काम गर्नसक्ने क्षमता राख्छ तर गर्दैन । सुकरातको भनाइमा कसी लगाउने हो भने नेपाली शासक प्रशासकहरू कम्बल ओढेर घ्यूखाने अल्छी हुन् । यिनलाई घूस मीठो लाग्छ, कमिशन स्वादिलो लाग्छ । गफ गरेर बहादुर बन्छन्, यिनलाई कायर बनेको पत्तै छैन । ज्यूँदै मरेको भेउ नै रहेन । प्रचण्ड स्वाधीनताका लागि सुरूङयुद्ध गर्न‘पर्छ भन्ने नेता थिए । बाबुराम संसदीय पोखरी सफा नगरेसम्म स्वच्छ पानी दिन सकिन्न भन्थे । देउवा त समाजवाद र प्रजातन्त्रका बिडा उठाएका छौंं भन्छन् । ओली समृद्ध नेपाल सुखी नेपालीको ढोल पिट्ने नेता हुन् । देशभक्तिको भाषण नगर्ने कुनै नेता नै छैनन् । यथार्थ के हो भने देशभक्ति कुन चराको नाम हो, न देख्न पाइयो, न सुघ्न ? घटना परिघटनाले शिद्ध गरेको छ– यिनको देशभक्ति हात्तीको देखाउने दाँतमात्र हो । देश भन्छन्, देशभक्ति गर्दैनन् । जनता भन्छन्, जनताको कुरै सुन्दैनन् । यीभन्दा भ्रष्ट नेता सुडान जस्तो भ्रष्ट मुलुकमा पनि भेटिदैन ।
‘नेपाल र नेपालीलाई बेच्ने, मार्ने, विदेशीलाई पोस्ने’ राजनीतिक र प्रशासनिक उद्योग सेटिङ, भागबण्डा, खरिदबिक्रीका साथ बेजोड चलिरहेको छ । नेपाली शासनसत्तामा लेण्डुपे हैजा चम्किएको छ ।
राजनीति मरेको नेपालको लोकतन्त्र शासक प्रशासकको अपराध छोप्ने सुकिलो टालोमात्र हो ।
लोकतन्त्र छ, मृत्युसमान छ । विदेशीको हाजमोला, जे खायो पचायो, लोकतन्त्रको गायत्री मन्त्र यही हो ।
देशको माटो मलिलो होस, देश गुलाफ झैं फुलोस् भन्ने चाहेका जनता नेतृत्वले देखाएको दिएको प्लास्टिकको गुलाफ हेरेर बसेका छन् । प्लास्टिक क्यान्सरको कच्चा पदार्थ हो भन्ने हेक्का छैन जनतामा । दिनदिनै राष्ट्रघात र विदेशीकरणको दुर्गन्ध फैलिदो छ । झन बढी फैलिनेछ । लोक र देश नदेखिने तन्त्र लोकतन्त्र हुनसक्दैन । लोकतन्त्रको आदर्श वाक्य त्जबत न्यखभचलmभलत ष्क तजभ दभकत धजष्अज नयखभचलक तजभ भिबकत हो । यो आदर्श वाक्यलाई समेत बुख्याँचा बनाइयो । बुद्धवाणी, लोकतन्त्रको निर्वाणा बुझेर नबुझ्ने अबुझहरूमा जीवन छ, जिवन्त छैनन् । लोकतन्त्रको महिमा यिनका लागि भैंसीलाई बिन बजायजस्तै हो ।
९ महिना आमाको गर्भमा रहेर जन्मेको शिशु पनि १८ वर्षमा बालिग हुन्छ । बुझ्ने बुझाउन सक्ने बन्छ । नेपालको लोकतन्त्र जन्मजात मानसिक अपाङ्ग हो ।
स्मरणरहोस्, १९७८ फेब्रुअरी ३ मा नेपाल आएका तेङ्सियाओ पिङले नेपाल र चीन एउटा डाँडो र एउटा नदीले जोडिएका छौं भनेका थिए । तेङको चीन विश्वबजार, विश्वशक्ति बनिसक्यो, बीआरआइको योजना बोकेर चीन विश्वभरि फैलिसक्यो । हामी दक्षिणा र पश्चिमा भिरङ्गी कन्याएर बसेका छौंं । चाउएनलाईले १९६० अप्रिल २८ मा नेपाल र चीनवीच रगतको सम्बन्ध छ भनेका थिए, त्यो रगतको सम्बन्धलाई ६४ वर्षपछि पनि हामीले व्यवहारमा उतार्न सकेनौं ।
नेपालको राजनीतिक र कूटनीतिक चेत कति अचेत छ, राजनीतिक प्राणी र कूटनीतिक क्षमता कसरी दिशाभ्रष्ट छ, स्पष्ट भएन र ?
कहाँ छ नेपालको पञ्चशीलको सिद्धान्त ? असंलग्न परराष्ट्रनीति ?
राजनीति र प्रशासन संयन्त्रमा अपराधको राजनीतिकरण भइसक्यो । यसको साइड इफेक्ट हो पराईबाट प्रायोजित राष्ट्र बिखण्डनका संगठित प्रयास सुरू भइसकेका खतरनाक संकेतहरू देखिइसक्यो । अपराधबाट बच्न र सत्तामा टिकिरहने यो खतरनाक खेलका पात्रहरूका कारण देशकै भविष्य जोखिममा पारिसक्यो । नेपालको भूराजनीतिले छिमेकीलाई नजिकको नातेदार बनाए तर नेपाली नेताले छिमेकलाई असुरक्षित र परका मित्रलाई छिमेकविरूद्ध नै खेल्ने मौका दिएर कामका नाममा नकाम बढी गरेका छन् । यस्ता असक्षमताले विश्वभरि नै नेपालको पत्यार पातलिदै गएको छ ।
न राजनीतिक सीप रह्यो, न कूटनीतिक दक्षता । जिउँदो मुलुकलाई घिटीघिटी मार्ने काम इरहेको छ ।
नेपालको भविष्य चीन, भारत, अमेरिका र बाँकी शक्तिराष्ट्रको राडारमा समेत परिसकेको छ । सम्हालिएनौं भनेर लड्ने, पछारिने खतरा बढी छ । एउटा नेपालीको चेतनामा नेपाल कस्तो छ, पढौं ?
रोजगारी गर्न काबुल गएका धादिङ्, गोगनपानीका साधुरामले भनेका छन्– ‘अफगानिस्तानको कावुलमा ट्रेन्च, बम, बारूद, रकेट पड्किरहन्छन्, तैपनि त्यहाँ सुरक्षित सुत्न सकिन्छ । म आफ्नै घरमा सुत्न सकिन ।’ अब हरेक नेपालीले भनौं– यो परिवर्तन जीवन हो कि मृत्यु ? यो लोकतन्त्र बरदान हो कि सराप ? हामी मृतक समान छौं कि जिवन्त ?