Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सेनालाई प्रहरी बनाउन खोज्नेले मुख धोए हुन्छ

२३ मंगलबार , श्रावण २०८०एक बर्ष अगाडि

सेनालाई प्रहरी बनाउन खोज्नेले मुख धोए हुन्छ

केही नेताहरूले नेपाली सेनाको संख्या घटाउने कुरा सुन्दा अचम्म लाग्छ । यस्ता कुरा तिनको बेमौसमी बाजा हो ।
पूर्व  प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक अन्तर्वार्तामा भन्नुभएको छ– केही नेता र पूर्वमन्त्रीका अभिव्यक्ति सुनेपछि नेतृत्व बर्गसँग कुराकानी पनि गरेँ । केही दलका नेतालाई त पार्टीको आधिकारिक धारणा हो भने त्यहीअनुसार भन्नुप¥यो, अन्यथा तपाईका सांसद किन सैनिक संख्या घटाउनु पर्छ भन्दै हिडेका छन् भनेर प्रश्न गरेको छु । केही सांसदले हल्ला गरेजस्तो नेपाली सेना कमजोर छैन । हेक्कारहोस्, सेनाको संख्या घटाउनुपर्छ भनेर सडकमा बोल्दै हिँड्ने कुरा होइन । हल्का रूपमा बोल्नुअघि सेनाको संख्या र जिम्मेवारी के हो अहिले केमा लागेका छन् भनेर जान्न बुझ्न, स्पष्ट हुन आवश्यक छ ।
केही सांसदहरूले व्यक्ति स्वार्थमा परेर आफू लोकप्रिय बन्न सेनाको संख्या घटाउने बिबाद झिकेका हुन् । यस्ता बोलीमा कुनै तुक छैन । राजनीतिक नेतृत्वमा व्यापारी बनेर कमिशन खाने र कमाउने संस्कार बसेको छ । यस्तो संस्कारले देश सवल बन्न सक्दैन ।
सिपाहीहरू कति त मन्त्रीको निवासमा बसेका हुन्छन् । मन्त्रीको घर र निवास कुरिरहेका हुन्छन् । अनि बाँकी आठ पृतनामा बाँडिएर रहेका छन् । जिल्ला जिल्लामा निश्चित संख्यामा इन्फेन्ट्री तोकिएको हुन्छ । त्यसअनुरूप काम गर्ने हो नि । अनि बाँकी कति हुन्छन् ? त्यो हिसाब गरे भइहाल्छ । किन सेनालाई हिलो छ्याप्ने ? सेना नगरिक र मुलुकको सुरक्षाका लागि हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।
सेनाको चुस्तता र अध्याधुनिक प्रविधियुक्तताका लागि रिभ्यु हुन आवश्यक छ, आवश्यकताअनुसार भइरहेको पनि हुन्छ । हरेक वर्ष सबै पृतनाले आफ्नो क्षेत्रका लागि आवश्यक संख्या र पृतनामा कहाँ कति किन भन्ने सबै स्पष्ट पार्ने गर्छन् । त्यस्ता रिपोर्टमा पीएसओज बैठकमा गम्भीर छलफल हुन्छ । पृतनापतिहरूको बैठकमा पनि यस विषयमा छलफल हुन्छ । पूर्वप्रधानसेनापति र जनरलहरूसँग सल्लाह लिने चलन पनि छ । त्यसपछि सेनाको सुझाव सरकारलाई जाने गर्छ । अन्तिममा सरकारको निर्णयमा सेना कृयाशील हुन्छ । सरकारले दरबन्दी दिएमा सेनाले थप्छ । सेनालाई विवादमा तान्ने कुरा नितान्त बेमौसमी बाजा हो ।
पूर्व प्रधानसेनापतिले अगाडि भन्नुभएको छ– नेपाली सेनाले ट्रयाक खोल्नेदेखि उद्धार गर्नेसम्मको काम गरिरहेको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूको सबैको संरक्षण पनि सेनाको जिम्मेवारी हो । पछिल्लो समय सरकारले निजगढ द्रुतमार्ग खोल्ने जिम्मा सेनालाई दियो । काम भइरहेको छ । नेपाली सेनाले असजिलो स्थानमा बाटो जोड्ने काम गरिसकेको छ । कतै गर्दै पनि  छ । अब केही स्थानमा टनेल र पुल आवश्यक छ । त्यो काम गर्दैछ ।
त्यसतर्फ राजनीतिक नेतृत्वबाट हस्तक्षेप हुनु भएन । सेना कमाउनभन्दा पनि मुलुकको रक्षाका लागि खटिएको हो भन्ने सन्देश दिनुपर्छ । सेनाले सरकारले उपलब्ध गराएको काम गर्ने हो । यति नबुझी सेनामाथि आरोप लगाउने काम भइरहेको छ । मुलुक कमजोर बनाउने काममा लाग्ने विषयलाई सेनाले सामान्य रूपमा लिँदैन ।
सबै क्षेत्रमा राजनीतिकरण हुँदा के हुन्छ भन्ने त कक्षा १२ पछिको पुस्ता विदेश पढ्न पलायन हुनुले देखाएकै छ ।
सरकारले तोकेको जिम्मेवारी सेनाले भीरमा ज्यानको बाजी लगाएर झुन्डिएर पनि सेनाले काम गरेको छ । सेनालाई प्रहरी जस्तो संयन्त्रमा लैजाने सपना देखेको हो भने बिहान उठेर मुख धोए हुन्छ । सेना मुलुक हितमा दृढ छ र रहन्छ ।