Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कांग्रेस बैठक न नीति, न निर्णय

१६ मंगलबार , श्रावण २०८०एक बर्ष अगाडि

कांग्रेस बैठक न नीति, न निर्णय

काठमाडौं । निकै चर्चाका साथ २ महिनाको साटो वर्षदिनमा बसेको कांग्रेस बैठकबाट राजनीतिक अपेक्षा पुरा भएन ।
नेपालको चुच्चे नक्सा र अतिक्रमित भूमिबारे बहसै भएन । माओवादीसँग सत्तासहकार्य सिद्धान्तहीन भएर पनि ठिक कि बेठिक भन्ने विषयको उठान गरिएन । अमेरिकी परराष्ट्र मन्त्रालयको एक रिपोर्टमा भारतीय जनता पार्टीबाट नेपालका सबै पार्टीका प्रभावशाली नेताहरूले पैसा लिन्छन् भन्ने आरोपबारे विषय प्रवेश नै हुनसकेन । र, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेजस्तो राज्यद्रोही र मानव तस्करी गरेको अपराधको छानबिन गराउनुपर्छ भन्ने कुरा पनि उठान गरिएन । बालुवाटार जग्गा प्रकरणमा सभापतिकै श्रीमती तथा सांसद आरजु राणा मुछिएको विषयमा पनि बहस हुनसकेन । के भयो त भन्दा गगन थापाको गनगन भयो, सभापति देउवा झन बलवान बने, देश र जनताका विषयमा कांग्रेस कसरी अघि बढ्ने बताइएन ।
माथिका सबै विषय नेपालको छवि धूमिल पार्ने प्रकरण थिए । आमनागरिकको मनोबल गिराउने र विश्वसामु नेपालको मानहानी विषय थिए । त्यति महत्वपूर्ण विषयलाई विषयान्तर गरेर प्रजातन्त्रको बिडा उठाएको भन्ने पार्टीको वर्षदिनपछि भएको यति निम्छरो बैठक, विश्लेषक भन्छन्– कांग्रेस धेरै कमजोर भइसकेछ ।