Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यिनले काट्ने तस्करीको जालो

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

यिनले काट्ने तस्करीको जालो

भ्रष्टाचारको दाग माओवादीमाथि पनि छ । अख्तियार र अदालतमा समेत विचाराधीन मुद्दा छन् । कतिपय नेता नैतिकहीन रूपमा समेत बदनाम हुनपुगे । यस्तो बेलामा माओवादी नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्–  आफ्नो पार्टीका नेता कार्यकर्ता जोडिएका घटना बेवास्ता गरेको छैन । भुटानी शरणार्थी, सुन काण्डका अनुसन्धान ‘कुनै टार, कुनै कोट वा कुनै पार्टीले भनेर, रोकेर रोकिन्न’। तर उनी भन्न सक्दैनन्– यती, ओम्नी, बाइडबडी, लडाकु शिविरको भ्रष्टाचारका फाइल कहिले खुल्छन् . छानबिन कहिलेदेखि हुन्छ .
एमाले र माओवादी एकतापछिको नेकपा सरकारले ३३ किलो सुन बरामद गरेको थियो । उक्त सुन तस्करीमा एक पात्र सोनम शाक्यको हत्या भयो । श्रेष्ठमाथि आरोप छ– एम गर्ने, माओवादी नेता वा समर्थकप्रति किन अनुदार .
स्वयम् नारायणकाजी श्रेष्ठ कमान सिंह लामा र महिलासँग विवादित भएकै हुन् । त्यस विषयमा पनि कुनै निष्कर्ष सार्वजनिक भएन । ललिता निवास प्रकरण झन झन जेलिदै गएको छ । पूर्व प्रधानमन्त्रीद्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालको संलग्नताबारे उनी बोल्दैनन् । कारण यी दुबै सत्ताका निकट छन् । यद्यपि श्रेष्ठको दावी छ– प्रमाणले देखेपछि, पुष्टि भएपछि अनुसन्धान र कारबाहीको दायरामा ल्याउँछु–ल्याउँछु, जुनसुकै पार्टीको भए पनि छाड्दिनँ । अचम्म के छ भने अरूलाई शंकाकै आधारमा समात्न हुने, आफ्ना पार्टीकालाई पञ्चखत माफीदिने व्यवहारले नारायणकाजी श्रेष्ठ दण्डहीनता विरोधी हुन् भन्न सकिन्न ।