Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

हिजो आजका कुरा, राष्ट्रको कोखामा छुरा

प्रेमसागर पौडेल

०५ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

हिजो आजका कुरा, राष्ट्रको कोखामा छुरा

प्रेम सागर पौडेल - नेपाल–चीन पारस्परिक सहयोग समाज– 

– प्रत्येक नेपाली पुष्पकमल दाहाललाई सम्पूर्ण नेपाल र नेपालीको नेता भएको देख्न चाहन्छन् । यसका लागि उनले सबैलाई समान रूपले ब्यवहार गर्न, समान अवसर र सम्मान वितरण गर्न सक्षमता देखाउनुपर्छ । अहिले जसरी एकका विरूद्धमा अर्कोलाई उचाल्दै हिड्ने गरिएको छ, त्यस्तो बाँदर प्रवृत्ति त्याग्नुपर्छ । देशभक्त नेपालीहरू जो  नेपाल सरकारले अवलम्बन गरेको एकचीन नीतिलाई मान्दछन्, तिनलाई पनि अरू जत्तिकै सम्मानजनक ब्यवहार गर्न र अवसर दिनेतर्फ ढिलाइ नगर्न ध्यानाकर्षण गराउन चाहन्छु । शान्तिपूर्ण मार्गबाट मात्रै विश्वभातृत्व, सहअस्तित्व, सम्मान र आपसी सद्भाव वृद्धि हुनसक्छ भन्ने सत्य नबिर्सनु उचित हुनेछ ।

यसतर्फ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै गम्भीरतापूर्वक सोच्ने छन् भन्ने विश्वास अझै देशभक्त नेपालीमा बाँकी छ । हेक्का रहोस् ।

– अरूको स्वार्थमा नागरिकता विधेयक प्रमाणित गराएर नागरिकता वितरण भइरहेको छ । एकातिर जनस्तरमा भारत विरोधी भावना फैलाउने, आँफैले बिआरआईमा सहमति जनाएर चीनको विरूद्धमा जनस्तरमा चीन विरोधी भावना फैलाउने काम पनि भइरहेको लुकेको छैन । यो देश सबै जात जाति, धर्म, सम्प्रदाय र विचारका नेपालीको हो । नबिर्सदा उचित ।

– कुनै शक्ति राष्ट्रसँगको सामिप्यता र विशेष सम्बन्धका आधारमा नजिक र टाढाको सम्बन्ध र ब्यवहार गर्ने गर्दा त्यसबाट उत्पन्न हुने नकारात्मक परिणामका लागि पनि तयार हुनुपर्छ । देशको नेतृत्वमा पुग्नुको अर्थ देश नै बिर्तामा प्राप्त गरेको भन्ने अर्थमा नबुझौं । नेपालको पञ्चशीलको सिद्धान्तलाई पनि ध्यानमा राखौं ।

– देश र जनताको संरक्षण र हितको रक्षा गर्न नसक्ने कुनै अमुक शक्तिको लागि काम गर्ने ब्यक्ति कदापि नेता हुनसक्दैन । भरियामात्र हुनेछ ।

– यो सरकारले नेपाल–भारत, नेपाल–चीन र चीन–भारत बीचको सम्बन्ध राम्रो हुन नदिन र अस्थिरता मच्चाएर आफ्नो आयु लम्ब्याउन दोहोर भूमिका चलिरहेको देखिन्छ । त्यसको पछिल्लो उदाहरण चीनबाट हातहतियार र बन्दोबस्तीका सामाग्री नेपाल ल्याउने तत्कालीन देउवा सरकारको निर्णयलाई कार्यान्वयन हुन नदिन भारत र चीनका विरूद्ध अविश्वास उत्पन्न गराउने दुष्प्रयास भइरहेको स्पष्ट नै देखिन्छ ।

– गठबन्धन सरकारले नेपालभित्र प्रो–वेष्टर्न र प्रो–ईण्डियन (जो प्रोईण्डियन भएर पनि पश्चिमाका लागि काम गर्छन्) लाई मात्र महत्त्वपूर्ण अवसर दिने, भेटघाट गर्ने र पहिलो दर्जाका नागरिकको ब्यवहार गर्ने गरेको छ । यसबाहेकका देशभक्तहरूलाई दोस्रो दर्जाको नागरिकको ब्यवहार गरिएको छ । जुन कदापि उचित मान्न सकिदैन । जुन गलत छ ।

– नेपाल–भारत, नेपाल–चीन र चीन–भारत बीचको सम्बन्ध राम्रो बनाउनुपर्छ भनेर लागिरहेका अभियन्ताहरूलाई झुठा आरोपमा फसाउने, प्रहरी–प्रशासन भित्रका गलत तत्वलाई प्रयोग गरेर सताउने काम सरकारले भित्री रूपबाट गरिरहेको बुझ्न कुनै कठिनाइ छैन ।

– यतिबेला सरकारले नेपाल–भारत, नेपाल–चीन र चीन–भारत बीचको सम्बन्ध बिगार्न निकै दुष्प्रयास गरिरहेका थुप्रै घटनाक्रमले पुष्टि गर्दछ ।

– जति–जति बेला पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएका छन् । त्यति त्यतिबेला देश अझ कमजोर र अस्थिर हुने गरेको छ । नेपाल–भारत बीचको सम्बन्ध बिगार्ने, जनस्तरमा भारत विरोधी भावना बढाउने मात्रै नभइ नेपाल–चीन बीचको सम्बन्ध बिगार्ने, कमजोर बनाउने र जनस्तरमा चीन विरोधी भावना फैलाउने काम प्रचण्ड सरकारले गरिरहेको प्रष्टै अनुभूति गर्न सकिन्छ ।

– सन २०१२ को एकदिन रोयल सिङ्घी होटलमा विदेशी कुटनीतिज्ञ, म र माओ+बुद्धको विचार फ्यूजन गरेको दाबी गर्नेका बाबुछोरा तथा अन्य केही नेता डिनर गर्दै थियौं दारू सहित । त्यतिबेला उनले भने म माओभन्दा ठूलो हुँ । माओले साँस्कृतिक क्रान्ति पूरा गरे, मैले माओवाद र बुद्धिज्मको फ्यूजन गरें । त्यसैले विश्वमै म ठूलो कम्युनिस्ट नेता हुँ ।

मैले जवाफमा भनेको थिएँ– कमरेड तपाईं देश र जनताको पक्षमा रहँदासम्म म सम्मान गर्छु । जुनदिन तपाईं बिस्तारवादी र साम्राज्यवादीको दलाल भएको थाहा हुनेछ, त्यो दिनदेखि तपाईंप्रतिको सम्मान देशद्रोही गद्दारप्रतिको ब्यवहारमा परिणत हुनेछ । आज त्यस्तो फुइँकी लाउने पात्र देशद्रोही पुष्टि भएको छ ।

– प्रमकी श्रीमतीको निधनको दुखद खबरसँगै नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको देखियो ।

कसैले बुझ्न नसकेको, उनको औपचारिक हैसियत के हो ? प्रधानमन्त्री भएको ब्यक्तिको श्रीमतीलाई पनि नेपाली सेनाले दाहसंस्कारका बेला सलामी दिने नयाँ प्रचलन सुरू गरेको हो कि ?