प्रायः जसो हाम्रा ईतिहासहरूमा हामीले बिदेसीसँग भएका लडाईंहरूमा हाम्रो जित नभएर पनि हार स्विकार गरेका छैनौ । अनी बिभिन्न बाहाना बनाएर सहानाभुति बटुलेर लडाईं लाई ‘कठैबरा’ भन्ने भावना मा पुर्याउँछौ । अनी हामी पानीको मुहान थुनेका कुरा, अरिंगाल र बच्छ्यु अनी गाई–भैंसी लडाएका कुरा पनि थपी हाल्छौं ।
तिब्बत– चिन– सिक्किम– पन्जाब– अङ्ग्रेज – मिर कासिम (मुघल सेना) सँग का युद्धमा भएका दुबै तर्फका कमजोरी लेख्न खोज्दैनौ । अरू त के ? अस्ती भएको श्री ५ को सरकार र मावोबादी बिचको युद्धको बारेमा नेपाल सरकारले २ शब्द लेखाएको छैन । खाली माओबादीहरूको एकोहोरो कहानी प्रकासित र एकोहोरो प्रचारबाजी भइरहेका छन् । नेपाली सेनाले समेत यस विषयमा कलम चलाएको थाहा छैन । सहि ईतिहास लेख्न ढिला नगरौ । ईतिहास भावी दिनका लागि शिक्षा पनि हो ।
नेपाल–अङ्ग्रेज युद्ध हुनुमा धेरै कारण र पृस्ठभुमि तयार थिए । त्यसमा कुनै शंका छैन । तर सुकेको पातमा कस्ले सलाई कोरेर लगाउने र डढेलो सुरू गर्ने भन्ने कुरोको पर्खाइमा थियो, त्यो अवस्था । अङ्ग्रेज पनि नेपाली माथि हमला गर्न डराएको अवस्था थियो । इतिहासको यथार्थ स्थिति यही नै हो ।
त्यही अवस्थामा नेपालका बालक राजा गिर्वाणयुद्धको हर्ताकर्ता जनरल भई भीमसेन थापा ले प्रसासनिक बागडोर सम्हाले । उनलाई बलियो साथ बाउ राजा रण बहादुरले दिएका थिए । भिमसेन थापा तुरून्तै पाल्पाली राजा पृथ्वी पाल सेन र राजाकुमार बहादुर शाहलाई मार्ने मराउने काममा बाउ राजा रण बहादुर शाहसँग मिलेर सफल बन्छन् ।
पिता काजी अमर सिंह थापालाई पनि नेपालका पहिलो जर्नेल भीमसेन थापाले जर्नेल दर्जा दिएर मारियाका पाल्पाली राजाको राज्य कब्जा गर्न पठाउछन् । पाल्पा राज्य बिना लडाईं कब्जा भय पछी तराइमा भएको बुटवल र शिवराज अर्थात् स्युराज (कपिलबस्तु) पनि जर्नेल अमर सिंह कब्जा गर्न जान्छन् । यो जग्गा लखनौको नवाबको रहेको तर पाल्पाली राजाले कमाइ खायको भन्ने थियो । पाल्पाबाट नेपाल सरकारले लिय पछी सो जग्गा अङ्ग्रेजको भइसकेको थियो । त्यहा अङ्ग्रेज चौकिदार थिए । तर नेपालले सो जग्गा आफ्नो भएको जिकिर ग¥यो ।
नेपालले सो जग्गा नेपालको भएको दाबी गरी जनरल अमर सिंहले सेना लगाएर बुटवल र शिवराजमा भएका अङ्ग्रेजका चौकिदारहरू लखेटी नेपाली चौकिदार राखे । ती जग्गामा अमर सिंहले कब्जा जमाए ।
त्यो कुरा थाहा पाए पछी फेरी अङ्ग्रेजका प्रशासनले नेपाली चौकिदार उठाइ अङ्ग्रेज कै चौकीदार राख्न सफल भए । यो बिचमा अङ्ग्रेजले सो जग्गा बिबादमा छलफल गर्न पनि पत्रचार गरेको थियो, नेपाल सरकार सँग ।
अङ्ग्रेजले नेपाली चौकी उठाएको खबर पाउन साथ जनरल भीमसेन थापाको आदेश लिएर जनरल अमर सिंह थापा आफै बुटवोल–स्युराज पुगी अङ्ग्रेजका चौकी माथि हमला गराउन लगाए । अनी १८ जना अङ्ग्रेजका सुरक्षाकर्मी मारिए ।
यो खबर कलकत्ता पुगे पछी अङ्ग्रेजले १ नोभेम्बर १८१४ बाट नेपाल बिरूद्ध बिधिबत् युद्ध गर्ने घोषणा ग¥यो ।
यहाँ मुल्याङ्कन गर्न खोजिएको कुरो के हो भने बारूदमा आगो लगाउने अर्थात् क्ष्mmभमष्बतभ ऋबगकभ को जिम्मा नेपालले लिने कि न लिने त ? ईतिहास सत्यतामा आधारित् हुनैपर्छ । युद्धअघिको इतिहासको पाटो यही हो ।
जनरल भीमसेन थापा र जनरल अमर सिंह थापाका उच्च देशभक्तीले यो काम गरे । तर हामीले पहिला १८ जना नमारेको भए सो युद्ध नटरे पनि केही बर्ष पछाडि धकेलिन अबश्य सक्थ्यो । युद्धको बेला नेपालको आर्थिक र सैनिक अवस्था ठीक नभएकोले हाम्रा सैनिक भार्दारहरूमा ९९ प्रतिसतले सो युद्ध नलढ्न र बार्ताबाट समस्या समाधान गर्न भनेका थिए । तर आदेशको जवाफ थिएन । युद्ध भयो । हारियो । ग्रेटर नेपालमा आधा नेपाल बच्यो ।
यो ईतिहास हो । कारीब २१० बर्ष पछी अहिले यो र त्यो बदमास् भन्यो भने अबश्य पाप लाग्नेछ । सब काम देशभक्तिले नै भएका थिए । तर हामीले ईतिहासको सही लेखन गर्नैपर्छ । त्यो हाम्रो धर्म हो ।
प्रेमसिंह बस्न्यात्