साल्ट ट्रेडिङ्गको उद्देश्य भनेकै समाजमैत्री व्यापार हो । १९६३ मा नुनको सहज आपूर्तिका लागि स्थापित यो संस्थाले आज चिनी, गहुँ, चामल, तेल, अन्य खाद्य सामग्रीका साथ चिया, एलपी ग्यास, कागज, मल, कोइला र सवारी साधनका टायरको समेत सहज आपूर्ति व्यवस्थापन गरिरहेको छ । यद्यपि बेला बेलामा सरकारी निकायबाट हस्तक्षेप हुने गरे पनि औचित्यका आधारमा साल्ट टे«ेडिङ्गले गुणस्तरीय खाद्य र अनय वस्तुको उद्देश्यअनुरूपको आपूर्ति नीतिमा अडिग रहेको देखिन्छ ।
यति ठूलो संस्थामा ससाना कमजोरी देखिन सक्छन्, त्यो सुधार हुँदा हुँदै तीललाई पहाड बनाएर संस्थालाई नै असफल पार्ने बाह्य अभिष्ठहरू बेला बेलामा देखिन्छन् ।
साल्ट ट्रेडिङ्ग कति आवश्यक छ भन्ने कुरा पर्व पर्वमा खोलिने सुलभ बजारमात्र होइन, नाकावन्दी र कोभिडका समयमा यो संस्थाले नुन, चिनी, मल, ग्यास, गेडागुडी र अन्य खाद्यसामग्रीको आपूर्तिमा पु¥याएको सेवा प्रशंसनीय छ । यसबाट थाहा हुन्छ, यो संस्था जति संस्थागत रूपमा बलियो भयो, त्यति आमनागरिकका लागि लाभकारी छ । प्राकृतिक प्रकोप, अन्य कारणले कहिले कहिले जिल्ला जिल्लामा हुनुपर्ने आपूर्तिमा केही ढिलासुस्ती भएको देखिन्छ तर सकभर साल्ट टे«डिङ्गको व्यवस्थापनले आफ्नो कर्तव्यलाई पूरा गर्ने प्रयास गरेको देखिन्छ ।
यो संस्थालाई असफल पार्न यो संस्थाका उत्पादनमा नक्कली लोगो प्रयोग गरेर, अनधिकृत रूपमा उत्पादन गरेर बजार हडप्ने प्रयास पनि हुने गरेका छन् । सरकारी निकायबाटै त्यस्ता कालाव्यापारीलाई छुट दिनु, कानुन अनुसार कारवाही नगर्नुले संस्थामाथि आघात पुग्ने गरेको छ । तालुकदार मन्त्रालयले संस्थाको थप सुधार र संस्थामाथि आघात पु¥याउनेमाथि निगरानी र कारवाही नगर्नु उदेकपूर्ण घटना हो ।
साल्ट ट्रेडिङ्गले खाद्यबस्तु अथवा आफूले बेच्ने अन्य वस्तुको गुणस्तरमा ध्यान दिने गरेको छ । संस्था र संस्थाको व्यवस्थापनलाई धुमिल पार्नु उचित देखिदैन ।