नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कुनैपनि कुराको संविधान र कानुनको प्रतिकुल हुनेगरी विज्ञापन गर्न नपाइने बताएकी छन् । बिहीबार राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले उक्त कुरा बताएकी हुन् ।
राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा मन्त्री शर्माले संविधान र कानुनले गरेको व्यवस्थाको प्रतिकुल हुनेगरी विज्ञापन गर्न नपाइने भन्दै पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरिएको भन्दै यसले मानव स्वास्थ्यमा समेत समस्या नै देखा परेको बताएकि थिइन् ।
उनले विज्ञापन गर्न पाइने र विज्ञापन गर्न नपाइने कुरामा कडाइ हुनुपर्ने र यस सम्बन्धमा कानुनी व्यवस्था भएपपनि कानुनी दायरा र सजायको पाटो भने कमजोर भएको भनाई राखेकि थिईन । कतिपय गलत विज्ञापनका कारण मान्छेको ज्यानै समेत जाने गरेकाले त्यस्तो विज्ञापनमा कडाइ गर्नुपर्ने उनको भनाई थियो ।
डिजिटल माध्यममा आएका औषधिका विज्ञापनले गर्दा चिकित्सकको सल्लहा विना औषधिको सेवन गर्ने गरेको देखिएको छ । त्यसकारण के–के कुरा विज्ञापन गर्न पाइन्छ ? के–के कुरा पाइँदैन ? भन्ने कुरामा कडाइ हुनु जरुरी छ । त्यसैले हामीले संवैधानिक र कानुनी रूपमा गरेको व्यवस्था प्रतिकुल हुने गरेर कुनै पनि विज्ञापन गर्न पाइँदैन ।
मन्त्रि शर्माले विकृत लाग्ने कुरा,संविधान प्रतिकुल हुने कुरा सबैतिर हुने जुन विज्ञापनहरू छन् ती विज्ञापनहरूले हाम्रो कानुनी अभ्यासहरूलाई पक्रेका छन् कि छैनन् ? हाम्रो संविधान र कानुनको मर्म अनुरूप छन् कि छैनन् भन्ने कुरामा पनि ध्यान दिन जरुरी रहेको बताईन ।
साथै, मन्त्रि शर्माले अनलाइन सपिङ गर्न पाउने कि नपाउने भन्ने विषयमा समेत आफूहरूले छलफल गरिरहेको भन्दै यस सम्बन्धमा पनि छिटै कानुन बनाइने बताएकि छन् ।