Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अनुदान कटौतीको विरोधमा आन्दोलन

२५ सोमबार , असार २०८०एक बर्ष अगाडि

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको बिरोधमा स्थानीय तहका जनप्रतिनिधिहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज सिंहदरबार घेराउ गर्दै अनुदान कटौतीको बिरोध गर्ने भएका हुन् ।

स्थानीय तहको ५० प्रतिशत अनुदान कटौती गर्ने सरकारको निर्णयसंगै जनप्रतिनिधिहरूले आज सिंहदरबार घेराउ गर्ने तयारी गरेका हुन् । सरकारले स्थानीय तहलाई ५०  प्रतिशत  अनुदान कटौती गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले चेतावनी दिएका छन् ।

content_singha_darbar.jpg

सरकारले यस अघि  स्थानीय तहलाई निरन्तर दिँदै आएको ५० प्रतिशत अनुदान यस बर्ष देखी कटौती गरेपछि सोको विरुद्धमा जनप्रतिनिधिहरूले सिंहदरबार घेर्न लागेको हो । उक्त आन्दोलन आफूहरुको माग पूरा नभएसम्म जारी रहने नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले जानकारी दिएका छन् ।