नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिभिन्न अपराधमा संलग्नलाई छानबिन तथा कारबाही गर्न शुरु गरिकाले निर्दोषलाई नडराउन आग्रह गरेका छन् । आफ्नो सामाजिक संजाल फेसबुक मार्फत निर्दोष कोहि पनि डराउन नपर्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले निर्दोष व्यक्तिले डराउनुपर्ने कुनै कारण नरहेको भन्दै आइतबार राति सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । साथै, उनले दोषी र अपराधीलाई कुनै हालतमा छुट नदिइने प्रतिबद्धता समेत जनाएका छन् ।
नक्कली शरणार्थी प्रकरण तथा ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध कारबाही प्रक्रिया अघि बढिरहेका बेला गृहमन्त्री श्रेष्ठले दोषीलाई भने छुट नदिने बताएका छन् । उनले ‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन’, सामाजिक संजालमा लेखेका छन्, ‘दोषी र अपराधीलाई भने छुट हुनेछैन ।’
गृहमन्त्री श्रेष्ठले कानुन धनी र गरिबका लागि बेग्लाबेग्लै नहुने उनको चेतावनी छ । ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौँ,’ उनले अगाडि भनेका छन् ।