Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

राप्रपाले राजसंस्थासम्बन्धी पार्टीको धारणा तय गर्ने

२५ सोमबार , असार २०८०एक बर्ष अगाडि

राप्रपा नेपालले राजसंस्थासम्बन्धी पार्टीको नीति पुनर्विचारसहित पार्टीको आधिकारिक धारणा तय गर्न समिति गठन गरेको छ । आईतबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसी समिति गठन गरेको हो । 

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राजसंस्थाबारे पार्टीको आधिकारिक धारणा तय गर्न उपाध्यक्ष प्रा.डा. विष्णुबहादुर भण्डारीको संयोजकत्वमा प्रतिवेदन पेस गर्न समिति गठन गरेको बताईएको छ ।

उपाध्यक्ष प्रा.डा. विष्णुबहादुर भण्डारीको संयोजकत्वमा गठित समितिको सदस्यमा केशवराज श्रेष्ठ, वसन्तमानसिंह अधिकारी, हिक्मतबहादुर ढकाल, प्रा. नरप्रसाद थापा, माधव खत्री, रामनरेश यादव,सुनिता कुरुम्बाङ र सदस्यसचिवमा राजाराम बर्तौला ‘चुनेली’ रहेका छन् । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन समय सिमा तोकिएको राप्रपा नेपालले जनाएको छ । 

content_raprapa.jpg

आईतबार बसेको बैठकले सनातन धर्म, संस्कृतिको रक्षा र प्रवर्द्धनका लागि राष्ट्रिय सनातन धर्म संस्कृति परिषद् नेपाल गठन गर्ने पनि निर्णय गरेको बताएको छ । साथै बैठकले पार्टीसँग आबद्ध भ्रातृ सङ्गठनहरू राष्ट्रिय खेलकुद सङ्गठन नेपालको अध्यक्षमा दमन बस्नेत, राष्ट्रिय किसान सङ्गठन नेपालको अध्यक्षमा डम्बरप्रसाद शिवाकोटी, सदस्यसचिवमा जनक फडेरा, राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको अध्यक्षमा धनप्रसाद न्यौपाने र राष्ट्रिय मुस्लिम सङ्गठन नेपालको अध्यक्षमा मोहम्मद खालिद इकबाल इराकीलगायतलाई जिम्मेवारी दिईएको छ ।

राप्रपा नेपालले पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी २०८० साल भदौको दोस्रो हप्ता काठमाडौंमा बोलाउने निर्णय गरेको छ ।