Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बालुवाटार जग्गा प्रकरण पेचिलो बन्दै

२५ सोमबार , असार २०८०एक बर्ष अगाडि

काठमाडौं । राजधानीका मेयरले ललिता निवास जग्गामा तारवार लगाउने सूचना प्रकाशित गर्दै ती जग्गामा बनेका संरचना हटाउन थालेपछि राजनीतिमा तरङ्ग उठेको छ । पशुपति टिकिन्छा गुठीका नाममा जालसाजीपूर्ण तरिकाले जग्गा दर्ता गराएका खन्चुवाहरुसमेत पक्राउ पर्न थालेका छन् ।
पछिल्लो घटनामा सीआइवीले समरजंग कम्पनीका तत्कालिन अधिकृत रमेश कुमार पोखरेल र देवनारायण महर्जन पक्राउ गरेको छ । यिनले व्यक्तिको नाममा दर्ता गराएर हिनामिना गराउन सघाएका थिए ।यसअघि सीआइवीले बाबुराजा महर्जन, शिवजी भट्टराई र घमन कुमार कार्कीलाई पक्राउ गरेको थियो । कर्मचारी र मोही बनेर लुट्नेहरु थिए यी ।

content_suprem_court.jpg


यो जग्गा प्रकरणमा यसघि नै  निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ परिसकेका छन् । बालुवाटार जग्गा प्रकरणमा यसअघि १७५ जनालाई विपक्षी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । प्रहरीले अहिले उक्त प्रकरणमा सरकारी कागजात किर्तेको अनुसन्धानका लागि आरोपित पक्राउको क्रम चलाएको छ ।
प्रहरीका अुनसार ४ सय ६ जनालाई फरार प्रतिवादी भनेको छ । जग्गा फिर्ता गरेकामध्ये २ सय ९ जनाको पक्राउपुर्जी लिएको छ ।
अब पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गरेको १ सय १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । यस काण्डमा पूर्वमुख्य सचिव लीलामणि पौडेलदेखि  पूर्व सरकार प्रमुख समेत तानिएका छन् ।