Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

दोहोरो नागरिकता लिएकी उपमेयर पक्राउ

२५ सोमबार , असार २०८०एक बर्ष अगाडि

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई पक्राउ परेकी छन् । भारतको नागरिकता नत्यागी फर्जी कागजातको आधारमा नेपाली नागरिकता लिएको पाइएपछि उनलाई पक्राउ गरिएको हो । 

उनका श्रीमान भारतीय नागरिक हुन् । उनीहरुदुबैजना विरुद्ध किर्ते कागजातको आधारमा नेपाली नागरिकता लिएको उजुरी परेपछि उपमेयर यादव पक्राउ परेकी हुन् । उपमेयर यादवको माइती भने डाक्नेश्वरी नगरपालिकामै रहेको बताईएको छ । 

content_mira_yadab.jpg

उपमेयर यादवले भारतीय नागरिकसँग विवाह गरेपछि उनले भारतीय मतदाता पत्र र आधारकार्ड लिएको भएपनि त्यसलाई नत्यागी ०६४ साल साउनमा पुनः नेपाली नागरिकता लिएकी खुलेको छ । उनीविरुद्ध प्रहरी र जिल्ला प्रशासनले उजुरी नलिएपछि स्थानीयले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेका थिए ।

उच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । पक्राउ पुर्जी लिएपछि प्रहरी कार्यालय पुगेकी उपमेयरलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । अहिले उनलाई हिरासतमा राखिएको बताईएको छ । 

उनी गतवर्ष भएको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् । उनि पक्राउ परेपछि स्थानीय एमाले नेता तथा कार्यकर्ता प्रहरी कार्यालय पुगेका थिए ।

उपमेयर यादव पक्राउ परेपनि उनको श्रीमान महेन्द्र भने फरार रहेका छन् ।