Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जातीय विभेदको उपचार सामाजिक बहिस्कार र कानुनि दण्ड : अध्यक्ष यादव

२५ सोमबार , असार २०८०एक बर्ष अगाडि

जातीय विभेद गर्नेलाई समाजले सामाजिक बहिष्कार र राज्यले कानुनी दण्ड दिनुपर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । शिल्पी-दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति संगठनद्वारा संयुक्त रुपमा आयोजित जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा बोल्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।

बुधबार जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा जातीय विभेदलाई नेपालमा संवैधानिक रुपले र कानुनी रुपले दण्डनीय मानेको र अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवताविरोधी अपराधको रुपमा लिएको बताउँदै यस्ता विभेदहरु कानुनमा मात्र लेखेर नहुने धारणा राख्दै अध्यक्ष यादवले त्यसलाई राज्यले दण्ड दिनुपर्ने बताए । 

content______________.jpg

अध्यक्ष यादवले समाज र व्यवहारबाट पद्धति,रीति-रिवाज,चालचलन जहाँ जुनरुपमा जातीय विभेद छ त्यसलाई जरैदेखि उखेलेर फाल्नु पर्ने बताए । अहिलेको युग मान्छेलाई उसको क्षमता,योग्यता,चरित्र र उसले गरेको योगदानका आधारमा हेरिने युग भएकाले कुन जातमा जन्म्यो, कुन कुलमा जन्म्यो भनेर हेर्ने जमाना नभएको उनको भनाई थियो ।

जबसम्म यी विभेद र भेदभाव कायम रहन्छ तबसम्म खबरदारी अभियान निरन्तर जारी रहने भन्दै अध्यक्ष यादवले समाजमा रहेको विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदभावका विरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।