Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सोपान सङ्ग्रहमा सात कविका सात सात कविता

२५ सोमबार , असार २०८०३ बर्ष अगाडि

२०८० असार ११ गते सात पुस्ताका सात कविका सातर सात कविता रहेको नवीनतम् कृति ूसोपान ू संयुक्त कविता सङ्ग्रह बागबजारस्थित ू द क्यापिटल फूड क्याफेूमा सम्पन्न भयो। उक्त कार्यक्रममा कृष्णबहादुर साहु सभापति, कवि तथा संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि तथा निबन्ध लेखक   श्री ओम श्रेष्ठ रोदन, चारै वेदका अनुवादक तिलक लुइँटेल र उपभोक्ता जागरण अभियानका अध्यक्ष तथा खोटाङ सम्पर्क मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली विशिष्ट अतिथि हुनुहुन्थ्यो । 

   सोपान कविता सङ्ग्रहमा अग्रज र अनुज गरी सात जनाको कविता समावेश  छन् भने अतिथि कविका रुपमा कवि तथा गीतकार दिनेश अधिकारी, अग्रज कवि प्रकाश घायल, कवि प्रज्वल अधिकारी र मौन आवाजका कविताहरू समावेश गरिएका छन्। सात कविहरूमा क्रमशस् रामचन्द्र दाहाल, गणेश लोहनी, गोपीकृष्ण थापा, दुर्गाकिरण तिवारी, मौनता थापा, कपिल अधिकारी र माधव बिडारी रहेका छन्। ।।
   गीतकार तथा मुक्तककार एच। के धितालले सञ्चालन गरेको कार्यक्रममा दुर्गाकिरण तिवारीले स्वागत गर्नुभएको थियो भने आयोजक संस्था मनमति साहित्य समाजका उपाध्यक्ष जनार्दन अधिकारीू धड्कनूले संस्थाको बारेमा प्रष्ट पार्नु भएको थियो । 

 

content_111.jpg

कार्यक्रमको औचित्य र पुस्तकको महत्वपूर्ण तथ्यको विषयमा   लोकार्पित कृतिका सम्पादक तथा आयोजक संस्थाका उपाध्यक्ष माधव बिडारीले प्रष्ट पार्नु भएको थियो ।

   उक्त कार्यक्रममा चितवन निवासी उपन्यासकार चिरञ्जीवी दाहाललाई नगद सहित  सम्मान गरिएको थियो । सम्मानित स्रष्टाको विषयमा मनमति साहित्य समाजका महासचिव जनक अधिकारीले सम्मान गर्नुको कारण प्रष्ट पार्नुभएको थियो भने सम्मानित स्रष्टाले आफू सम्मानित हुँदा उठेका भावना खोल्दै पोखिनुभएको थियो ।

    गोपीकृष्ण थापाले  संयोजन गर्नु भएको उक्त लोकार्पण कार्यक्रममा साहित्यकारहरूको भव्य उपस्थिति रहेको थियो । 

     अन्त्यमा कार्यक्रम संयोजक गोपीकृष्ण थापा तथा सभापति कृष्णबहादुर साहुले प्रमुख अतिथि तथा विशिष्ट  अतिथिहरूलाई मायाको चिनो प्रदान गरी  कार्यक्रम विसर्जन भएको घोषणा गर्नुभएको थियो ।