चर्चित प्रकरणमा मुछिएको ललितानिवास परिसरको जग्गालाई काठमाडौं महानगरपालिकाले तारबार गर्ने भएको छ । उक्त जग्गामा अस्थायी वा अनधिकृत संरचना बनाएको भन्दै महानगरपालिकाले तारबार गर्ने भएको हो ।
ललितानिवासमा बनेका अस्थायी, अनधिकृत संरचना हटाएर उक्त क्षेत्रलाई तारबारले घेर्ने तयारी गरिएको छ । उक्त तयारीको लागि आइतबार नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा महानगरको टोली ललितानिवास क्षेत्रमा पुगेको थियो ।
ललितानिवास भित्र स्वीकृतिबिना निर्माण भएका वा निर्माणाधीन संरचना हटाउन महानगरपपालिकाले आग्रह गरेको छ । आगामी दुई दिनभित्रमा अस्थायी र अनाधिकृत संरचना आफैँ नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिदै उक्त परिसरमा तारबार गर्ने बताईएको छ ।