Advertisement Banner
Advertisement Banner

१५ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

धाकभन्दा धक्कु ठूलो भनेको यही हो

२५ सोमबार , असार २०८०३ बर्ष अगाडि

जेठ १७–२० मा ४ दिने भारत भ्रमण गरेर फर्केका हाम्रा प्रधानमन्त्री प्रचण्डले भनेका थिए– १० वर्षमा १० हजार मेगावाट विद्युत निकासी गर्न भारतले मन्जुरी दिएको छ, यो ठूलो उपलब्धि हो ।
तर भ्रमणको महिना दिन नपुग्दै भारतले २०० मेगावाटको मध्यकालीन पीपीएका लागि आनाकानी गर्दै खोचे थापेको छ । नेपालले २ सय मेगावाटका ५ आयोजनाको सूची पठएकोमा भारतले तैयारी पूरा भइसकेको छैन भन्दै सहमति दिएन । नेपालले साहस ऊर्जा लिमिटेडले प्रवर्द्धन गरेको ८६ मेगावाट, माउन्टेन इनर्जी लिमिटेडको ४०.७४ मेगावाटको मिस्त्रीखोला, बलेफी हाइड्रोपावर लिमिटेडको अपर बलेफी ‘ए’ ३४.९२ मेगावाट, नुम्बुर हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको लिखु खोला ‘ए’, २८.१७ मेगावाट र शिव श्री हाइड्रोपावरले प्रवर्द्धन गरेको चाकु ‘ए’ १२.७५ मेगावाट गरि कुल २०० मेगावाटको पीपीए गर्ने प्रस्ताव नेपालले पठाएको थियो । 
स्मरणीय छ, सचिव स्तरी बैठकमा २ सय मेगावाट विद्युत भारतले किन्ने र तत्कालै कार्यान्वयन गर्ने सहमति भएको थियो ।

content_images.jpg
यद्यपि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङका अनुसार  ‘हामीले पठाएको प्रस्ताव स्वीकृत हुने चरणमा छ । अलिकति समय त लागिहाल्छ ।’ 
उता टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइनबाट भने दैनिक १० देखि २० मेगावाट भारतबाटै विद्युत आयात भइरहेको छ ।