संसदले बनाएको कानूनबाट नभई अरुकै आदेशबाट प्रशासन चलिरहेको पूर्वसभामुख दमननाथ ढुंगानाले बताएका छन् । संसदको ६५ औं दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई समोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
शनिबार ६५ औं संसद दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्वसभामुख ढुंगानाले संसदले यसबारेमा ध्यान दिन नसकेको टिप्पणी गरेका थिए । उनले संसदले एउटा कानुन बनाउने गरेको र प्रशासन चाही अरुकै आदेशबाट चलिरहेको भन्ने सुन्नमा आएको बताउदै सांसदहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताए ।
संसदले एउटा कानुन बनाउँछ तर अरु अरुकै आदेशबाट प्रशासन चलिरहेको हुन्छ भने त्यो हेर्ने जिम्मा सांसदको हो । संसदले बनाएका कानुन प्रशासनले मान्नु पर्छ यदि त्यसो हुदैन भने प्रशासनले संसदको अपमान गरेको ठहर्ने ढुंगानाको भनाई रहेको थियो ।
पूर्वसभामुख ढुंगानाले संसदले बनाएको कानुनलाई छल्ने गरी प्रशासनले जुन-जुन आदेश गरेको छ त्यो संसदको अपमान भएको भन्दै त्यो हेर्ने जिम्मा सांसदको भएको र त्यो हेर्नुपर्ने बताए । यदि त्यस्तो हेरिदैन भने संसदको कुनै कामै नभएको उनले बताए ।
६५ औं संसद दिवसको अवसरमा बोल्ने क्रममै पूर्वसभामुख ढुंगानाले नेपालमा संविधान फाल्ने र अर्को व्यवस्था ल्याउनेतिर सोच्न जरुरी नरहेको समेत उनको जिकिर थियो ।